बिहीबार ११.६४ अंकले घट्यो नेप्से, ९ अर्ब २४ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार ३ सय ९२ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Feb 6, 2025 - 09:30
 0
बिहीबार ११.६४ अंकले घट्यो नेप्से, ९ अर्ब २४ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार ३ सय ९२ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार साहस उर्जा लिमिटेडको भएको छ । यस कम्पनीको ३१ करोड ३५ लाख ६४ हजार २ सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, बिहीबारको बजारमा अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै घुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आज उपकार लघुवित्त सहित दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register