काङ्ग्रेस-एमालेलाई प्रचण्डको प्रश्न – ३५ वर्ष शासन चलाएपछि ६ दिनमा विकास ढिलो हुने भयो भन्ने लाग्यो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई अध्यादेशका विषयमा आपत्ति जनाउँदै केही प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले ३५ वर्ष शासन गरेपछि संसद चल्नु ६ दिनअघि मात्रै अध्यादेश ल्याउनु गलत रहेको बताए । “पछिल्लो ३५ वर्षमा नेपाली […]

Feb 6, 2025 - 09:30
 0
काङ्ग्रेस-एमालेलाई प्रचण्डको प्रश्न – ३५ वर्ष शासन चलाएपछि ६ दिनमा विकास ढिलो हुने भयो भन्ने लाग्यो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई अध्यादेशका विषयमा आपत्ति जनाउँदै केही प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले ३५ वर्ष शासन गरेपछि संसद चल्नु ६ दिनअघि मात्रै अध्यादेश ल्याउनु गलत रहेको बताए ।

“पछिल्लो ३५ वर्षमा नेपाली काङ्ग्रेसले १२ पटक प्रधानमन्त्री चलाएको देखिन्छ । नेकपा एमालेले ७ पटक । ३५ वर्ष शासन चलाएपछि देशको विकाश ६ दिन ढिलो हुने भयो भनेर ल्याउनु भएको हो, अध्यादेश ?,” प्रचण्डले प्रश्न गरे, “३५ वर्षसम्म त त्यो आवश्यक्ता तपाईंहरूले महशूस गरेको देखिँदैन । अहिले ६ दिन अगाडी अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नु भएको हो ?”

“माघ ८ गते संसदको बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटा अध्यादेश ल्याइएको छ । पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक,” प्रचण्डले भने, “पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ? उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईहरु पनि अब विकासको हाजी हुनुभएको हो ?”

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register