रोटरी क्लब अफ काठमाडौँले ग्रामीण क्षेत्रका विद्यालयमा शौचालय निर्माण गरिदिने

काठमाडौँ।   सामाजिक क्षेत्रमा काम गर्ने संस्थाको रुपमा परिचित रोटरी क्लब अफ काठमाडौँ डाउनटाउनले  ग्रामीण क्षेत्रका बिद्यालयलाई  लक्षित गरी सर्वसुलभ शौचालय निर्माण गरिदिने भएको छ ।नुवाकोटको शिवपुरी गाउँपालिकाको  समुन्द्रामाविबाट  प्रारम्भ गरिएको शौचालय निर्माण अभियान अन्तर्गत यस वर्ष चन्द्रभूमि आधारभूत  विद्यालयमा शौचालय निर्माणको कार्य प्रक्रिया प्रारम्भ गरिएको छ ।  शौचालय निर्माणका लागि शिबपुरी गाउँपालिका अध्यक्ष गोबिन्द थपलियाको […]

Feb 6, 2025 - 09:53
 0
 रोटरी क्लब अफ काठमाडौँले ग्रामीण क्षेत्रका विद्यालयमा शौचालय निर्माण गरिदिने

काठमाडौँ। 

 सामाजिक क्षेत्रमा काम गर्ने संस्थाको रुपमा परिचित रोटरी क्लब अफ काठमाडौँ डाउनटाउनले  ग्रामीण क्षेत्रका बिद्यालयलाई  लक्षित गरी सर्वसुलभ शौचालय निर्माण गरिदिने भएको छ ।नुवाकोटको शिवपुरी गाउँपालिकाको  समुन्द्रामाविबाट  प्रारम्भ गरिएको शौचालय निर्माण अभियान अन्तर्गत यस वर्ष चन्द्रभूमि आधारभूत  विद्यालयमा शौचालय निर्माणको कार्य प्रक्रिया प्रारम्भ गरिएको छ ।

 शौचालय निर्माणका लागि शिबपुरी गाउँपालिका अध्यक्ष गोबिन्द थपलियाको बिशेष उपस्थितिमा रोटरी क्लब अफ काठमाडौँ डाउनटाउका अध्यक्ष राजकुमार बैदवार र निर्माण  गर्ने आरसीसीका राजकुमार लामा  एवं सुमन तामाङवीच एक समारोहकावीच सम्झौता भएको छ ।

 चन्द्रभूमि आधारभुत  विद्यालयमा शौचालय नभएकै कारण बिद्यार्थीको संख्या निरन्तर घटदै गएको जानकारी पाएपछि रोटरी क्लबले  शौचालय निर्माण गरिदिने निर्णय गरेको थियो ।  राजधानीको नजिकै रहेको नुवाकोटको सो  विद्यालयमा शौचालय नभएकै कारण बिद्यार्थीहरु बिद्यालय जान छोडेको घटनाले सो क्षेत्रलाई पीडित बनाएको अवस्थामा रोटरी क्लबले जुन सक्रियता देखाएको छ त्यो उदाहरणीय र अनुकरणीय रहेको  गाउँपालिका अध्यक्ष थपलियाले बताएका छन् । 

अध्यक्ष थपलियाले  राजधानीबाट एक घण्टा पनि नलाग्ने नुवकोटका कैयौ गाउँहरु  निकै पछाडि रहेको उल्लेख गर्देै  गाउपालिकाले आफ्नो ठाउंवाट बिशेष भूमिका निर्वाह गर्दागर्दै पनि बजेटको अभावका कारण   गर्न खोजेका धेरै काम गर्न बाकी  रहेको उल्लेख गरेका छन् । 

क्लबले गत वर्ष पनि नुवाकोटकै समुन्द्रा माविमा करिब पांच लाखको लागतमा छात्रामैत्री शौचालय निर्माण गरेको थियो । सो शौचालयको उद्घाटन गर्देै  डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वाजुले अत्यन्त आबश्यक स्थानमा क्लबले जुन  सहयोगी  हात अगाडि बढाएको छ त्यसलाई डिष्टिकले साथ दिने घोषणा गरेका थिए।  सोही बमोजिम यस पटक पनि डिष्ट्रिक समेतको सहयोग र क्लबका सदस्यहरुको सहयोगमा शौचालय निर्माण प्रक्रिया अगाडि बढाइएको हो । शौचालय निर्माणबाट  बिद्यार्थीहरुलाई निकै सहयोग पुग्ने  क्लबका सर्भिस चेयर मोहनबहादुर ढकालले जानकारी गराए । 

क्लबले शिक्षा , स्वास्थ्य , वातावरण , शान्ति , सुशासन , नेतृत्व बिकास लगायतका  बिशेष कार्यक्रम गर्देै आएको छ ।   आर्थिक स्थिति कमजोर  भइ स्वास्थ्य लाभ गर्न नपाउनेलाई उपचार सहयोग गर्ने ,  बाढी प्रकोपमा पर्नेहरुलाई खाद्यान्न देखि लत्ता कपडा प्रदान गर्ने कार्य पनि गर्देै आएको छ । केही   दिन अगाडि मात्रै सुदुरपश्चिमका जिल्लामा जाडोका कारण अफ्ट्यारोमा परेकाहरुलाई क्लबका सदस्यहरुबाट  सहयोग रकम सङ्कलन गरी खाद्यान्न र लत्ता कपडा उपलब्ध गराइएको अध्यक्ष राजकुमार वैदवारले जानकारी गराएका छन् ।

 त्यसैगरी कलबले रक्तदान एवं स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै आएको छ ।  रोटरी क्लब अफ काठमाडौँ डाउनटाउन र ग्रिनसिटी अस्पतालले  हालै गरेको रक्तदान कार्यक्रममा १ सय ५१ जनाले रक्तदान गरेका थिए ।  अस्पतालका अध्यक्ष एवं कार्यक्रम संयोजक लोकबहादुर टण्डनले समाजसेवाको कामलाई क्लबले जसरी काम गर्देै आएको छ त्यसमा आफ्नो अस्पतालले खास गरी स्वास्थ्यको बिषयमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।  रक्तदान कार्यक्रममा समाजसेवाको क्षेत्रमा काम गर्नेहरुलाई सम्मान पनि गरिएको थियो ।

 रोटरियन श्यामबहादुर पराजुलीको नेतृत्वमा पाँच  वर्ष अगाडि स्थापना भएको रोटरी क्लब अफ काठमाडौँ डाउनटाउनलाई समाजसेवाको क्षेत्रमा प्रतिष्ठित क्बलको रुपमा चिनाउन पूर्व अध्यक्षहरु लोकबहादुर टण्डन , स्थानेश्वर रेग्मी र बर्तमान अध्यक्ष राजकुमार वैदवारको नेतृत्व र क्लवका पदाधिकारीहरुको महत्त्वपूर्ण भूमिका रहेको डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनले बताएका छन् । क्लबले चक्रपथ सफाइ अभियान , बृक्षारोपण कार्यक्रम देखि जलवायु परिवर्तनले पारेको असरलाई न्यून गर्न अन्तरक्रिया , बिभिन्न क्षेत्रका बिज्ञहरुसंग हुने गरेका छलफल र त्यसका निष्कर्षहरुलाई  सम्बन्धित निकायमा पु¥याउने र आफ्नो तर्फबाट  गर्नुपर्ने कार्यलाई पनि अगाडि बढाउँदै लगेको बताइएको छ ।   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register