तीन जिल्लामा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मीट सम्पन्न

काठमाडौं । गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले रटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पश्चिम नेपालको धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो । नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको […]

Feb 7, 2025 - 08:27
 0
तीन जिल्लामा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मीट सम्पन्न

काठमाडौं । गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले रटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले पश्चिम नेपालको धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको दिपु एन्ड दर्शना अटो पाट्र्सको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा सयौँको सङ्ख्यामा नयाँ तथा पुराना बिक्रेता र मेकानिक्सहरूले सहभागिता जनाएका थिए ।

धनगढीमा सम्पन्न उक्त कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियन)का केन्द्रीय सदस्य राम नरेश चौधरी, क्षेत्र नम्बर ‘घ’ का पूर्व अध्यक्ष रूपलाल चौधरी उपस्थित थिए ।

यसैगरी, नेपालगञ्जमा सम्पन्न कार्यक्रममा बाँके अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष नरेन्द्र ओली, उपाध्यक्ष सविन घिमिरे उपस्थित थिए । त्यस्तै, सुर्खेतमा सम्पन्न कार्यक्रममा एनएटीयूका केन्द्रीय उपाध्यक्ष रतन न्यौपाने, कर्णाली प्रदेशका प्रमुख मोहम्मद मिजन अन्सारी उपस्थित थिए ।

कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक राजन रावल र घनश्याम ओलीले गल्फका विभिन्न उत्पादनहरूको विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी उनीहरूले नेपाल ल्युब आयलको उत्पादनहरू अटो मोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए ।

कार्यक्रमहरूमा गल्फ लुब्रिकेन्टका विभिन्न ठाउँहरूमा अवस्थित रिटेलर तथा पीजीएमहरूलाई सेल्सको आधारमा ‘बेस्ट रिटेलर सेल्स अवार्ड’ तथा ‘बेस्ट पीजीएम सेल्स अवार्ड’ प्रदान गरिएको थियो । साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register