बीमाको १ करोड पाउने लोभमा दाइले गरे बहिनीको हत्या 

काठमाडौँ । बीमाको एक करोड रुपैयाँ पाउने लोभमा भारतमा आफ्नै दाइले बहिनीको हत्या गरेको पाइएको छ । भारतको आन्ध्रा प्रदेशस्थित प्रकाशम जिल्लामा आफ्नै दाइले बहिनीको हत्या गरेका हुन् ।  भारतीय सञ्चारमाध्यमका अनुसार मालापती अशोक कुमारले फेब्रुअरी २ मा बहिनीको हत्या गरेका हुन् ।  कुमारले सम्बन्धविच्छेद भएकी र सन्तान नभएकी आफ्नी बहिनीको नाममा विभिन्न इन्स्योरेन्स कम्पनीमा […]

Jan 30, 2025 - 11:28
 0
बीमाको १ करोड पाउने लोभमा दाइले गरे बहिनीको हत्या 

काठमाडौँ । बीमाको एक करोड रुपैयाँ पाउने लोभमा भारतमा आफ्नै दाइले बहिनीको हत्या गरेको पाइएको छ । भारतको आन्ध्रा प्रदेशस्थित प्रकाशम जिल्लामा आफ्नै दाइले बहिनीको हत्या गरेका हुन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार मालापती अशोक कुमारले फेब्रुअरी २ मा बहिनीको हत्या गरेका हुन् । 

कुमारले सम्बन्धविच्छेद भएकी र सन्तान नभएकी आफ्नी बहिनीको नाममा विभिन्न इन्स्योरेन्स कम्पनीमा १ करोड भारतीय रुपैयाँ बराबरको बीमा गराएका थिए । ऋणमा डुबेका कुमारले सोही बीमा बापतको पैसा हत्याउन बहिनीको हत्या गरेर दुर्घटनाजस्तो देखाउने खोजेको स्थानीय प्रहरीले जनाएको छ ।  

घटनालाई दुर्घटना देखाउन उनले बहिनीलाई कारमा ओंगोल लगेका थिए । तर, निन्द्राको औषधी खुवाएर उनले बहिनीको घाँटी थिचेर निर्ममतापूर्वक हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

हाल उनीविरुद्ध भारतीय प्रहरीले भारतीय दण्ड संहिता (आईपीसी) को धारा १२० (बी) (षडयन्त्र), ३०२ (हत्या) र २०१ (प्रमाण नष्ट गर्ने) कसुरमा मुद्दा दर्ता गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register