बिर्तामोडमा अपरिचित सवारीको ठक्करबाट महिलाको मृत्यु
बिर्तामोड, २५ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । आज बिहान बजेको समयमा चारपानेस्थित पूव–पश्चिम राज मार्गमा दुर्घटना भएको थियो । सो सवारी दुर्घटनामा घाइते भएकी बिर्तामोड नगरपालिका–६ जलकन्याकी ६५ बर्षिया चन्द्रकला राईको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । दुर्घटनका समयमा तत्काल नामथर वतन [...] The post बिर्तामोडमा अपरिचित सवारीको ठक्करबाट महिलाको मृत्यु appeared first on Jhapa Online.

बिर्तामोड, २५ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । आज बिहान बजेको समयमा चारपानेस्थित पूव–पश्चिम राज मार्गमा दुर्घटना भएको थियो ।
सो सवारी दुर्घटनामा घाइते भएकी बिर्तामोड नगरपालिका–६ जलकन्याकी ६५ बर्षिया चन्द्रकला राईको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।
दुर्घटनका समयमा तत्काल नामथर वतन नखुलेको राईलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । महिला पैदलयात्री ती महिलालाई के कुन सवारी साधनले ठक्कर दिई घाईते भई लडिरहेको अवस्थामा छ भन्ने खबर स्थानीयले ईलाका प्रहरी कार्यालय अनारमनीमा खबर गरेका थिए ।
खवर प्राप्त हुन साथ तत्काल गाडी मोबायल र क्यूआरटी टोली गएर घाईतेलाई उपचारको लागि एम्बुलेन्स मार्फत प्रादेशिक अस्पताल भद्रपुर तर्फ पठाएको थियो । घाइते राईको अवस्था गम्भीर, बोल्न नसक्ने घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनी फेला पारेर अस्पताल पर्ठाको थियो ।
घाईतेलाई प्रादेशिक अस्पताल भद्रपुर पुरÞ्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भएको डाक्टरले मृत घोषणा गरेका थिए । आफन्तलाई जानकारी भईसकेको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
The post बिर्तामोडमा अपरिचित सवारीको ठक्करबाट महिलाको मृत्यु appeared first on Jhapa Online.
What's Your Reaction?






