गाईमा देखिएको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा

बिर्तामोड, २१ फागुन । बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिएको छ । नगरको पशुपंछि तथा मत्स्य विकास शाखाले बाँझोपना निवारण सम्बन्धी २ दिने स्थलगत शिविरको आयोजना गरि २६ जना कृषकको गोठमा पुगेर सेवा प्रदान गरेको हो । शाखा प्रमुख डा। नगेन्द्र खड्काले विज्ञसहितको टोलीले समस्या समाधानका लागि आधुनिक [...] The post गाईमा देखिएको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा appeared first on Jhapa Online.

Mar 5, 2025 - 08:30
 0
गाईमा देखिएको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा

बिर्तामोड, २१ फागुन । बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिएको छ ।

नगरको पशुपंछि तथा मत्स्य विकास शाखाले बाँझोपना निवारण सम्बन्धी २ दिने स्थलगत शिविरको आयोजना गरि २६ जना कृषकको गोठमा पुगेर सेवा प्रदान गरेको हो । शाखा प्रमुख डा। नगेन्द्र खड्काले विज्ञसहितको टोलीले समस्या समाधानका लागि आधुनिक प्रविधिसहित चेकजाँच गर्नुकासाथै आवश्यक औषधीसमेत निस्शुल्क वितरण गरेको जानकारी दिनुभयो ।

नगरपालिकाले यस आर्थिक वर्षको योजना अनुसार शिविर सञ्चालन गरेको हो । बाँझोपनाको समस्याका विषयमा जानकारी गराउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । सोहि सुचनाको आधारमा परेका निवेदन हेरेर सेवा प्रदान गरेको डा. खड्काले जानकारी दिनु भयो ।

शिविरमा डा. खड्का सहित राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीका पशु चिकित्सक कपिलदेव यादव, मिथिलेसकुमार दास, पशुपंछि तथा मत्स्य विकास शाखा बिर्तामोडका राजेश अधिकारीलगायतको टोली खटिएको थियो । तुलनात्मकरुपमा भैँसीमा भन्दा गाईमा धेरै बाँझोपनाको समस्या देखिने गरेको जनाईएको छ ।

The post गाईमा देखिएको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register