पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक

झापा, ३ फागुन । पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको छ । आज काँकरभिट्टामा एक कार्यक्रमका बीच पाँचौं मेचीनगर गोल्डकपको लोगोसँगै ब्यानर र गीत समेत सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले लोगो सार्वजनिक गर्नु भएको हो । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी फागुन २१ देखि २८ गतेसम्म [...] The post पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक appeared first on Jhapa Online.

Feb 15, 2025 - 11:31
 0
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक

झापा, ३ फागुन । पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको छ ।

आज काँकरभिट्टामा एक कार्यक्रमका बीच पाँचौं मेचीनगर गोल्डकपको लोगोसँगै ब्यानर र गीत समेत सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले लोगो सार्वजनिक गर्नु भएको हो ।

काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी फागुन २१ देखि २८ गतेसम्म गोल्डपक सञ्चालन हुँदैछ । प्रतियोगिताका आर्थिक समिति संयोजक तथा मेचीनगरका पूर्व नगरप्रमुख बिमल आचार्यले मेचीनगरमा धेरै राष्ट्रिय स्तरका खेलाडी उत्पादन भएको बताउनुभयो । उहाँले प्रतियोगिताले खेलाडी र खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले झापा फुटबलको हब बन्दै गएको बताउनुभयो । उहाँले शिक्षा र खेलकुदलाई सँगसँगै लानुपर्ने धारणा राख्नुभयो । “युवालाई कुलतबाट बचाउन खेलकुदले सहयोग पु¥याउँछ”, उहाँले भन्नुभयो, “गोल्डकप सफल बनाउन सबैको साथ सहयोग जरुरी छ, मेरोतर्फ सक्दो सहयोग गर्छु ।”

कार्यक्रममा काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका गंगालाल गुरुङले नेपालसँगै भुटान, सिक्किम, दार्जिलिङ लगायतका टिमलाई प्रतियोगिता सहभागी गराउन पहल भइरहेको जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । गोल्डकपको संरक्षकको रुपमा रहेको मेचीनगर नगरपालिकाले २५ लाख रुपैयाँ दिने भएको छ । टाइटल स्पोन्सरका लागि १५ लाख रुपैयाँ तोकिएकाले स्पोन्सरको खोजी भइरहेको आयोजकको भनाइ छ ।

कोशी प्रदेशका पूर्व सांसद् श्रीप्रसाद मैनालीको संयोजकत्वमा ३२१ सदस्यीय गोल्डकप मूल आयोजक समिति गठन गरिएको छ । लागो सार्वजनिक कार्यक्रमको सञ्चालन राजु कार्कीले गर्नुभएको थियो ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष दिनेश ओलीले प्रतियोगितामा काठमाडौंको ए डिभिजनका ४ वटा क्लबसहित आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, मोफसलका ए डिभिजन क्लब र विदेशी २ टिम गरी जम्मा आठ टिमको सहभागिता रहने बताउनुभयो ।

बिजेता टिमलाई नगद १० लाख र उपविजेतालाई नगद पाँच लाख दिइने उपाध्यक्ष अशोक राईले बताउनुभयो ।

The post पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register