दिल्लीमा भाजपा प्रचण्ड बहुमततर्फ, केजरीवाललाई झट्का

काठमाडौं । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले प्रचण्ड बहुमत ल्याउने सम्भावना देखिएको छ । विधानसभा चुनावको जारी मतगणनामा भाजपाले झण्डै दुई तिहाई स्थानमा अग्रता बनाएको छ । ७० सिटका लागि भएको चुनावमा हाल सत्ता चलाइरहेको आम आदमी पार्टी सुरुवातीरूपमा धेरै पछाडि परेको छ । अहिलेसम्मको अवस्थामा दिल्लीमा भाजपाले सरकार बनाउने सम्भावना बढी देखिएको छ […]

Feb 8, 2025 - 04:15
 0
दिल्लीमा भाजपा प्रचण्ड बहुमततर्फ, केजरीवाललाई झट्का

काठमाडौं । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले प्रचण्ड बहुमत ल्याउने सम्भावना देखिएको छ ।

विधानसभा चुनावको जारी मतगणनामा भाजपाले झण्डै दुई तिहाई स्थानमा अग्रता बनाएको छ ।

७० सिटका लागि भएको चुनावमा हाल सत्ता चलाइरहेको आम आदमी पार्टी सुरुवातीरूपमा धेरै पछाडि परेको छ ।

अहिलेसम्मको अवस्थामा दिल्लीमा भाजपाले सरकार बनाउने सम्भावना बढी देखिएको छ ।

बीबीसीकाअनुसार भाजपा ५० स्थानमा अगाडि छ । आम आदमी पार्टीले १९ र काङ्ग्रेसले १ स्थानमा अग्रता बनाएका छन् ।

दिल्लीमा सरकार बनाउन ३६ सिट चाहिन्छ । दिल्लीमा विगत २७ वर्षयता भाजपाले सरकार बनाउन सकेको छैन ।

पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, हालका मुख्यमन्त्री आतिशी मार्लेना लगायत आम आदमी पार्टीका ठूला नेता लगातार पछाडि छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register