नेपाल बैंकका अध्यक्षमाथि ठूला फाइलमा चर्को घुस लिएको आरोप, अनुसन्धान गर्दै अख्तियार, ३ दिनदेखि बयान जारी 

काठमाडौँ । कर्जा प्रवाह गर्दा घुस लिएको आरोपमा नेपाल बैंकका अध्यक्षमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीमाथि छानबिन सुरु गरेको हो ।  बैंकबाट कर्जा प्रवाह गर्दा अध्यक्ष अधिकारीले घुस लिएको भन्ने उजुरी परेपछि छानबिन सुरु गरिएको अख्तियारका एक उच्च अधिकारीले बताएका छन् ।  ती अधिकारीका अनुसार अध्यक्ष […]

Feb 9, 2025 - 03:12
 0
नेपाल बैंकका अध्यक्षमाथि ठूला फाइलमा चर्को घुस लिएको आरोप, अनुसन्धान गर्दै अख्तियार, ३ दिनदेखि बयान जारी 

काठमाडौँ । कर्जा प्रवाह गर्दा घुस लिएको आरोपमा नेपाल बैंकका अध्यक्षमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीमाथि छानबिन सुरु गरेको हो । 

बैंकबाट कर्जा प्रवाह गर्दा अध्यक्ष अधिकारीले घुस लिएको भन्ने उजुरी परेपछि छानबिन सुरु गरिएको अख्तियारका एक उच्च अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार अध्यक्ष अधिकारीले कर्जा प्रवाह गरिदिएबापत लिने घुसका लागि आफ्नो ड्राइभरलाई प्रयोग गर्ने गरेको खुलेको छ । अधिकारीका ड्राइभर उमेश महर्जनको बैंक खातामा करिब ३० लाखसम्मको कारोबार भएको पनि देखिएको अख्तियारका ती अधिकारीको भनाई छ । 

हाल अख्तियारले बैंकका अध्यक्ष अधिकारीसँग बयान लिने र प्राप्त प्रमाण ‘क्रसचेक’ गर्ने काम गरिरहेको छ । अध्यक्ष अधिकारीले पछिल्लो तीन दिनदेखि अख्तियारमा बयान दिइरहेका छन् । त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त सहप्राध्यापक समेत रहेका अधिकारीलाई तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले बैंकको अध्यक्ष नियुक्त गरेका थिए । अध्यक्ष अधिकारीको अनुसन्धान सकिएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी अख्तियारले गरेको छ ।

के भन्छन् सीइओ ?
नेपाल बैंकका अध्यक्ष तिलक राज पाण्डेले आफ्ना अध्यक्षमाथि सोधपुछ भएको बुझेको र यस विषयमा आफुलाई थप थाहा नभएको दाबी गरेका छन् । अर्थ सरोकारसँगको कुराकानीमा उनले आफुले पनि अध्यक्षमाथि सोधपुछ भएको तर त्यसभन्दा बढी आफुलाई थाहा नभएको दाबी गरेका हुन् । ‘सोधपुछ भएको हो । त्यो भन्दा बढी मलाई केहि पनि थाहा छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।

उनले आफुमाथि भने अख्तियारले अनुसन्धान सुरु गरिनसकेको दाबी गरे । उनको र अध्यक्ष दुबैको कार्यकाल सिल गरी अख्तियारले अनुसन्धान गरेको विषयमा अर्थ सरोकारको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘मलाई त कुनै पनि पत्र आएको छैन, फोन पनि आएको छैन, सोधपुछ पनि गरिएको छैन । मेरो र अध्यक्षको कार्यकाल सिल गरिएको हल्ला पनि साँचो होइन । अहिले खाना खाँदैछु, केहि समयपछि अफिस पुग्छु, आएरै हेर्न सक्नुहुनेछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register