छत्तीसगढ : प्रहरीसँगको भिडन्तमा ३१ नक्सलवादी मारिएको दाबी

काठमाडौं । भारतको छत्तीसगढ राज्यको विजापुर जिल्लामा सुरक्षा बल र नक्सलवादीहरूबीच मुठभेड भएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार मुठभेडमा ३१ नक्सलवादी मारिएको दाबी छ । साथै, दुई सुरक्षाकर्मी पनि मारिएका छन् । विजापुरको राष्ट्रिय निकुञ्ज क्षेत्र समिति क्षेत्रअन्तर्गतको जङ्गलमा डीआरजी, एसटीएफ, बस्तर फाइटर र नक्सलवादीको संयुक्त दलबीच मुठभेड भएको हो । एक प्रहरी अधिकारीले भने, “बिजापुरको […]

Feb 9, 2025 - 09:12
 0
छत्तीसगढ : प्रहरीसँगको भिडन्तमा ३१ नक्सलवादी मारिएको दाबी

काठमाडौं । भारतको छत्तीसगढ राज्यको विजापुर जिल्लामा सुरक्षा बल र नक्सलवादीहरूबीच मुठभेड भएको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार मुठभेडमा ३१ नक्सलवादी मारिएको दाबी छ । साथै, दुई सुरक्षाकर्मी पनि मारिएका छन् ।

विजापुरको राष्ट्रिय निकुञ्ज क्षेत्र समिति क्षेत्रअन्तर्गतको जङ्गलमा डीआरजी, एसटीएफ, बस्तर फाइटर र नक्सलवादीको संयुक्त दलबीच मुठभेड भएको हो ।

एक प्रहरी अधिकारीले भने, “बिजापुरको राष्ट्रिय निकुञ्ज क्षेत्रमा संदिग्ध नक्सलवादीहरूको उपस्थितिको सूचना पाएपछि सुरक्षा बलको संयुक्त टोली अपरेशनको लागि निस्कियो । जहाँ आइतबार संदिग्ध नक्सलवादीहरूसँग मुठभेड भयो । मुठभेड अझै जारी छ ।”

प्रहरीका अनुसार मुठभेड स्थलबाट अहिलेसम्म ३१ नक्सलवादीहरूको शव भेटिएको छ । यसबाहेक घटनास्थलबाट ठूलो मात्रामा विस्फोटक पदार्थ र हतियार पनि बरामद गरिएको छ ।

यसमा एके ४७, एसएलआर, इन्सास राइफल, ३०३, बीजीएल लन्चर हतियार र विस्फोटक पदार्थ बरामद गरिएको छ ।

प्रहरीले यो भिडन्तमा दुई सैनिकको मृत्यु भएको पनि बताएको छ । यस भिडन्तमा दुई सैनिक घाइते भएका छन्, जसलाई घटनास्थलबाट बाहिर निकालेर उपचारको लागि पठाइएको छ ।

छत्तीसगढमा विगत एक वर्षदेखि माओवादीहरू विरुद्ध सुरक्षा बलको कारबाही निरन्तर जारी छ । २०२४ मा मात्र सुरक्षा बलले २२३ नक्सलवादीलाई मुठभेडमा मारेको दाबी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register