अमेरिकालाई करमार्फत चीनको जवाफ

काठमाडौं । चीनले करमार्फत अमेरिकालाई जवाफ दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सबै देशलाई भन्सार लगाउने क्रममा चिनियाँ उत्पादनमा थप ३४ प्रतिशत भन्सार घोषणा गरेपछि शुक्रबार चीनले त्यसको जवाफ दिएको हो । चीनले पनि अमेरिकी उत्पादनमा हाल कायम रहेको भन्सार दरमाथि थप ३४ प्रतिशत भन्सार लगाउने निर्णय गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको […]

Apr 4, 2025 - 12:38
 0
अमेरिकालाई करमार्फत चीनको जवाफ

काठमाडौं । चीनले करमार्फत अमेरिकालाई जवाफ दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सबै देशलाई भन्सार लगाउने क्रममा चिनियाँ उत्पादनमा थप ३४ प्रतिशत भन्सार घोषणा गरेपछि शुक्रबार चीनले त्यसको जवाफ दिएको हो ।

चीनले पनि अमेरिकी उत्पादनमा हाल कायम रहेको भन्सार दरमाथि थप ३४ प्रतिशत भन्सार लगाउने निर्णय गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

चीनको मन्त्रिपरिषद्, स्टेट काउन्सिलकाअनुसार चिनियाँ भन्सार अप्रिल १० देखि लागू हुनेछ ।

यसअघि चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकालाई तुरून्तै भन्सार हटाएर निष्पक्ष र समानतामा आधारित संवादबाट व्यापार साझेदारहरूसँग रहेको विवाद समाधान गर्न आग्रह गरेको थियो ।

दुवै देशले कर लगाएपछि विश्वका सबभन्दा दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार युद्ध झन् चर्किने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register