नवलपरासी झडपमा गम्भीर घाइते भएका धवलको मृत्यु

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुर क्षेत्रमा भएको झडपमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । पाल्हीनन्दन–३ का ३५ वर्षीय विजय धवलको उपचारको क्रममा भैरहवा सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ । सोमबार राति दुई स्थानीय व्यक्तिबीच झगडा भएको थियो । सोही विषयलाई लिएर मङ्गलबार दुई समूहबीच […]

Feb 25, 2025 - 15:59
 0
नवलपरासी झडपमा गम्भीर घाइते भएका धवलको मृत्यु

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुर क्षेत्रमा भएको झडपमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।

पाल्हीनन्दन–३ का ३५ वर्षीय विजय धवलको उपचारको क्रममा भैरहवा सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ ।

सोमबार राति दुई स्थानीय व्यक्तिबीच झगडा भएको थियो । सोही विषयलाई लिएर मङ्गलबार दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

घटनामा प्रहरी र स्थानीयसहित १५ जना घाइते भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register