पाथीभरा केबलकार विवाद : सरकारी पक्ष र आन्दोलनरतबीचको वार्ता विनानिष्कर्ष टुङ्गियो

काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबार भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ । ‘आइतबारको वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,’ सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका […]

Feb 10, 2025 - 00:21
 0
पाथीभरा केबलकार विवाद : सरकारी पक्ष र आन्दोलनरतबीचको वार्ता विनानिष्कर्ष टुङ्गियो

काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबार भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ ।

‘आइतबारको वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,’ सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भने ।

वार्तापछि गृह मन्त्रालयले आइतबार राति विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ ।

यसैबीच, आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले भने अब कर्मचारीस्तरमा वार्ता नगर्ने जनाएको छ । आज (सोमबार) गृहमन्त्री रमेश लेखकसँग छलफल हुने वार्ता टोलीकी सदस्य सरस्वता सिङ्गक (सरु)ले बताइन् ।

दुईप पक्षबीच यसअघि भएको वार्ता पनि विनानिष्कर्ष टुङ्गिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register