नयाँ दिल्लीमा केजरीवालको अर्को अग्निपरिक्षा

भाजपाको ‘हिन्दुत्व’ र केजरीवालको ‘नरम हिन्दुत्व’बीच एक प्रकारको मनोवैज्ञानिक सङ्घर्ष चलिरहेको हुन्छ । केजरीवालसँग सन् २०१५ र २०२० को जादु बाँकी छ कि समाप्त भइसक्यो ? यसको परीक्षण समेत आगामी निर्वाचनमा हुनेछ ।

Jan 1, 2025 - 12:02
 0
नयाँ दिल्लीमा केजरीवालको अर्को अग्निपरिक्षा

काठमाडौं । भारतको राजधानी प्रदेश दिल्लीमा विधानसभाको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले औपचारिक समय तालिका प्रकाशित नगरेको भए पनि फेब्रुअरी महिनाभित्र निर्वाचन हुनु पर्ने छ । यस अघि सन् २०२० को फेब्रुअरी ८ मा निर्वाचन भएको थियो ।

यससँगै आम आदमी पार्टी (आप) र यसका नेता अरविन्द केजरीवालको राजनीतिक भविष्यबारे अनेक अड्कलबाजी गरिदैछ । आप र केजरीवालका लागि यो निर्वाचन फेरि एउटा अर्को अग्निपरिक्षामा बसे सरह हुने देखिएको छ । गत वर्षको लोकसभा निर्वाचनमा विपक्षी भारतीय काङ्ग्रेससँगको चुनावी गठबन्धनका बाबजुद आपले दिल्लीका सबै सिट गुमाएको थियो । दिल्लीका ७ वटै लोकसभा निर्वाचनमा भाजपा विजयी भएको थियो ।

यद्यपि यसो भएको यो पहिलोपटक भने थिएन । सन् २०१४ यताका कुनै पनि लोकसभा निर्वाचनमा आपले दिल्लीबाट परिणाम हात पारेको छैन । तर, विधानसभा निर्वाचनमा शानदार बहुमत हासिल गर्ने गरेको थियो । लोकसभा र प्रदेशसभाका फरक निर्वाचन परिणामले दिल्लीका मतदाता कुनै एक पार्टीप्रति आस्था वा पार्टीनिष्ठा आधारित मतदान गर्दैनन् भन्ने देखाउँथ्यो ।

तर, यसपटकको निर्वाचनको संवेदनशीलता भने फरक छ । दशकभन्दा लामो शासनपछि आप हिजोको जस्तो लोकप्रिय छैन । यसका नेताहरूमाथि भ्रष्टाचारलगायतका अनेक आरोप छन् । साथै, आपको करिब १२ वर्ष लामो शासनपछि ‘एन्टी–इन्कम्बेन्सी’ पर्ने हो कि हैन ? यो प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण बन्न पुगेको छ ।

निर्वाचन आयोगले निर्वाचन तालिका प्रकाशित नगरिसकेको भए पनि राजनीतिक दलहरूले धमाधम उम्मेदवारी घोषणा गर्दैछन् । सबैभन्दा अघि बढेर सत्तारुढ आम आदमी पार्टीले विधानसभाका ७० सिटकै लागि उम्मेदवार घोषणा गरिसकेको छ ।

घोषित उम्मेदवारको सूचीमा आपका नेता अरविन्द केजरीवाल पनि छन् । अझ रोचक कुरा उनलाई पार्टीले ‘भावी मुख्यमन्त्री’ को रुपमा प्रचार गरिरहेको छ । केजरीवाल जोडतोडले चुनाव प्रचार अभियान सञ्चालन गरिरहेका छन् । चुनाव प्रचार अभियानका क्रममा उनले थुप्रै नयाँ आश्वासन मतदातालाई बाँडिरहेका छन् ।

आपले सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवार घोषणा गर्नुले भारतीय राष्ट्रिय काङ्ग्रेससँग लोकसभा निर्वाचनमा जस्तो गठबन्धन नहुने र त्रिकोणात्मक चुनाव हुने प्रष्ट भएको छ । अझ यसपटक कम्युनिष्टहरूका सबै घटक मिलेर वाम मोर्चाको नाममा चौथो गठबन्धनले समेत उम्मेदवारी दिने सम्भावना छ । त्यसैले दिल्ली विधानसभा निर्वाचनको प्रतिस्पर्धा रोचक हुने छ । तथापि मुख्य प्रतिस्पर्धा भाजपा र आपबीच हुने अनुमान गरिएको छ ।

घोषित उम्मेदवारको सूचीमा आपका नेता अरविन्द केजरीवाल पनि छन् । अझ रोचक कुरा उनलाई पार्टीले ‘भावी मुख्यमन्त्री’ को रुपमा प्रचार गरिरहेको छ । केजरीवाल जोडतोडले चुनाव प्रचार अभियान सञ्चालन गरिरहेका छन् । चुनाव प्रचार अभियानका क्रममा उनले थुप्रै नयाँ आश्वासन मतदातालाई बाँडिरहेका छन् ।

उनी सन् २०१३ देखि निरन्तर मुख्यमन्त्री थिए । उनी ३ पटक मुख्यमन्त्री भइसकेका छन् । विवादास्पद मदिरा नीति घोटाला प्रकरणमा इडी र सीआईबीले छानबिन र अभियोजन गरेपछि गत सेप्टेम्बरमा उनले राजीनामा गरी आफ्नै विश्वासपात्र आतिशी मार्लेना सिंहलाई मुख्यमन्त्री बनाएका थिए ।

सन् २०१२ मा उनले अन्ना हजारे सत्याग्रह आधारित जनलोकपाल विधेयक आन्दोलनको बलमा आम आदमी पार्टी बनाएका थिए । निर्वाचनमा होमिएको पहिलो चुनावमै आपले दिल्ली विधानसभाका ७० मध्ये २८ सिट जितेको थियो । तर, बहुमत प्राप्त गर्न नसक्दा उनले ४९ दिनमै राजीनामा गर्नु परेको थियो । त्यसपछिका दुई चुनावमा आपले भारी बहुमत ल्याएको थियो ।

स्थापनायता उनी निरन्तर पार्टीको ‘संयोजक’ छन् । पार्टीको मूल नेता र मुख्यमन्त्री दुवै पदमा उनले एक दशकभन्दा बढी समय कायम रहे । तसर्थ आपलाई ‘एक व्यक्ति प्रदर्शन’ को पार्टी भएको आरोप लाग्ने गरेको छ । आपको संस्थागत चरित्र र वैकल्पिक नेतृत्वको तह कमजोर छ । तसर्थ पार्टीको भविष्य पनि मूलतः नेता केजरीवालकै भविष्यसँग जोडिने गरेको छ ।

दलको उदय हुँदा यसलाई राष्ट्रिय चरित्रको ‘वैकल्पिक दल’ बनाउने भनिएको थियो । यही उद्देश्यअनुरूप सन् २०१४ को लोकसभा निर्वाचनमा केजरीवाल तत्कालीन प्रधानमन्त्री पदका प्रत्यासी नरेन्द्र मोदीसँग चुनाव लड्न वाराणसी निर्वाचन क्षेत्रमा गएका थिए । तर, उनले मोदीसँग सम्मानजनक प्रतिस्पर्धा समेत गर्न सकेनन् ।

आपले दिल्ली र पञ्जाब २ प्रदेशको सरकार चलाइरहेको छ भने बाँकी ३ प्रदेश गोवा, गुजरात र जम्मुकास्मिरको विधानसभामा उसका विधायक छन् । केजरीवालको गृहप्रदेश हरियाणामा व्यापक मेहनतका बाबजुद आपले कुनै परिणाम हासिल गर्न सकेको छैन ।

त्यसपछिका दिनमा उनी दिल्लीको राजनीतिमै सीमित हुँदै गए । राजनीतिक प्रभावको दृष्टिले धेरै प्रदेशमा फैलिन नसकेपनि आप कानुनी हिसाबले राष्ट्रिय मान्यताप्राप्‍त पार्टी हो । भारतमा राष्ट्रिय पार्टीको मान्यताप्राप्‍त गर्न कुनै पनि दलले देशभरिबाट ६ प्रतिशत मत वा ४ भन्दा बढी प्रदेशमा प्रतिनिधि विजयी गराउन सक्नु पर्दछ ।

आपले दिल्ली र पञ्जाब २ प्रदेशको सरकार चलाइरहेको छ भने बाँकी ३ प्रदेश गोवा, गुजरात र जम्मुकास्मिरको विधानसभामा उसका विधायक छन् । केजरीवालको गृहप्रदेश हरियाणामा व्यापक मेहनतका बाबजुद आपले कुनै परिणाम हासिल गर्न सकेको छैन ।

सन २०१३ मा दिल्ली विधानसभामा आपको पहिलो प्रवेश हुँदा पनि भाजपा पहिलो दल थियो । आपले २८ सिट हासिल गर्दा भाजपाले ३१ सिट जितेको थियो । सन् २०१५ मा भने आपले ६७ सिट जित्यो, भाजपा ३ सिटमा सीमित भयो भने कांग्रेस शून्य भयो । २०२० मा आपले ६२ जित्दा भाजपा ८ सिटमा सीमित भयो ।

केजरीवालको राजनीति दिल्लीमा सीमित हुँदै गएपछि आपमा विवाद बढेको थियो । आप स्थापनाकालका महत्त्वपूर्ण नेताहरू योगेन्द्र यादव, डा. कुमार विश्वास, प्रशान्त भुषण, साजिया इल्मीलगायतले पार्टी परित्याग गरेका थिए । हजारे आन्दोलनमा सक्रिय किरण वेदी भाजपा प्रवेश गरेकी थिइन ।

भारतीय राजनीतिमा प्रत्येकजसो राज्यमा कुनै न कुनै प्रादेशिक पार्टी प्रभावशाली छन् । जस्तो कि उत्तर प्रदेशमा एसपी र बिएसपी छन् । पश्चिम बङ्गालमा तृणमूल काङ्ग्रेस छ । बिहारमा आरजेडी र जेडियू छन् । झारखण्डमा झारखण्ड मुक्तिमोर्चा छ । महाराष्ट्रमा शिव सेनाका शिन्दे र ठाकरे गुट छन् । तमिलनाडुमा डीएमकेअन्नाडीएमके छन् ।

आपको उदय हुँदा यसलाई दिल्लीको क्षेत्रीय दलका रूपमा नभएर समग्र देशमै विकल्प दिन सक्ने भाजपा र भारतीय राष्ट्रिय काङ्ग्रेसजस्तो होला भनेर अपेक्षा गर्ने धेरै थिए । आपको एक दशकभन्दा बढीको विकासक्रम हेर्दा त्यसो हुने सम्भावना नितान्त कमजोर छ ।

तीन कार्यकाल मुख्यमन्त्री चलाइसक्दा पनि केजरीवाल अझै दिल्लीमै केन्द्रित र उम्मेदवार हुनतिर लाग्नुले आपका सीमारेखा कोरिएका छन् । तर, स्वयं दिल्लीमै आप अब कति सुरक्षित रहला ? स्वयं केजरीवालमाथि भ्रष्टाचारको मुद्दापछि आपको ‘क्रेज’ पुराना दिनमा जस्तै बाँकी रहला वा नरहला ? यो प्रश्न रोचक बन्न पुगेको छ ।

मदिरा नीति भ्रष्टाचार प्रकरणमा केजरीवाल ६ महिना जेल जीवन बिताएर अदालतले जमानत दिएपछि बाहिर आएका हुन् । केजरीवालले मात्र हैन मनिष सिसोदिया, सत्येन्द्र जैनलगायत आधा दर्जनभन्दा बढी आपका शीर्ष नेता र विधायकले भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।

आधारभूत स्वास्थ्य, खानेपानी, सरसफाइ, न्यूनतम् बिजुली महशुल छुट, लोड सेडिङको अन्त्य, झुपटपट्टीहरूको स्थिति सुधार, नगरबसमा महिला यात्रुका लागि निःशुल्क सेवा, ज्येष्ठ नागरिक तीर्थयात्रा, घरघरमै आधारभूत प्रशासनिक सेवाजस्ता कार्यक्रममार्फत केजरीवाल मुख्यमन्त्रीका रुपमा लोकप्रिय भएका थिए ।

आपको करिब १२ वर्षे शासनकालमा दिल्लीको सार्वजनिक शिक्षा र स्वास्थ्य सेवा सुधारमा उल्लेखनीय प्रगति भएको संसारले नै स्वीकार गर्दछ । दिल्लीको आपकालीन विद्यालय शिक्षा सुधार संसारकै लागि नमुना मान्ने गरिन्छ । केजरीवालले दिल्लीका सरकारी विद्यालयको भौतिक पूर्वाधार, पठनपाठन गुणस्तर र नतिजा अनुपातमा उल्लेखनीय परिवर्तन ल्याएका थिए । धनी तथा मध्यम वर्गीय परिवारले समेत आफ्ना बच्चा निजी स्कुलबाट निकालेर सार्वजनिक विद्यालयमा भर्ना गर्न थालेका थिए ।

आधारभूत स्वास्थ्य, खानेपानी, सरसफाइ, न्यूनतम् बिजुली महशुल छुट, लोड सेडिङको अन्त्य, झुपटपट्टीहरूको स्थिति सुधार, नगरबसमा महिला यात्रुका लागि निःशुल्क सेवा, ज्येष्ठ नागरिक तीर्थयात्रा, घरघरमै आधारभूत प्रशासनिक सेवाजस्ता कार्यक्रममार्फत केजरीवाल मुख्यमन्त्रीका रुपमा लोकप्रिय भएका थिए ।

केजरीवाल सरकारका यस्ता कामले विपन्न वर्गका अतिरिक्त मध्यम वर्गका मतदातालाई समेत राम्ररी नै आकर्षित गर्ने गरेको थियो । तर, भ्रष्टाचारविरोधी आन्दोलनबाट उदय भएका पार्टीका नेता नै एकपछि अर्को भ्रष्टाचारमा मुछिएपछि भने आपको लोकप्रियतालाई असर परेको अनुमान गरिएको छ । 

त्यसो त पार्टीको नेतृत्वशैलीको कारणले पनि केजरीवाल आलोचित छन् । पार्टीभित्र उनको एकलौटी चल्ने गरेको बताइन्छ । तसर्थ, ठूल्ठूला असन्तुष्ट नेताहरूले पनि पार्टी छोड्ने गरेका छन् ।

केजरीवालमाथिको अर्को आरोप ‘नरम हिन्दुत्व’ को हो । उनी आफूलाई हनुमानभक्त भन्न रुचाउँछन् । दैनिक हनुमान चालिसा पाठ गर्ने बताउँछन । भारतीय नोटमा महात्मा गान्धीको फोटो हटाएर लक्ष्मीको फोटो राख्नु पर्ने उनको धारणा हुन्छ ।

भाजपाको ‘हिन्दुत्व’ र केजरीवालको ‘नरम हिन्दुत्व’बीच एक प्रकारको मनोवैज्ञानिक सङ्घर्ष चलिरहेको हुन्छ । कतिपयले ‘रामभक्त’ मैदानमा हुँदाहुँदै ‘हनुमानभक्त’लाई किन भोट दिने भन्ने गरेको पाइन्छ । ‘रामभक्त’ साङ्केतिक रुपमा प्रधानमन्त्री नरेन्द्र मोदी वा भाजपालाई भनिएको हो ।

सन् १९९० को दशकमा भाजपाले अयोध्या राम मन्दिर आन्दोलन चलाएको थियो । भाजपा घोषित रुपमै हिन्दु सांस्कृतिक राष्ट्रवादमा विश्वास गर्ने दल हो । यसले पार्टीका औपचारिक कार्यक्रममै ‘जय श्रीराम’ अभिवादन गर्ने गर्दछ । ‘हिन्दुत्व’ र केजरीवालको ‘नरम हिन्दुत्व’को सङ्घर्षमा आपलाई खासै राजनीतिक फाइदा र उपलब्धि नहुने ठानिन्छ ।

केजरीवालसँग सन् २०१५ र २०२० को जादु बाँकी छ कि समाप्त भइसक्यो ? यसको परीक्षण समेत आगामी निर्वाचनमा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register