सेयर बजारमा गिरावट, खुम्चियो कारोबार रकम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ९८ अङ्कले घटेर २६७७ दशमलव ३२ को विन्दुमा पुगेको छ । सोमबार ३२२ कम्पनीका ७४ हजार ८६४ पटकको कारोबारमा एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Feb 10, 2025 - 09:33
 0
सेयर बजारमा गिरावट, खुम्चियो कारोबार रकम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ९८ अङ्कले घटेर २६७७ दशमलव ३२ को विन्दुमा पुगेको छ ।

सोमबार ३२२ कम्पनीका ७४ हजार ८६४ पटकको कारोबारमा एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ९६ करोड २ लाख ९२ हजार हजार २३५ रुपैयाँ रहेको छ ।

७७ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये व्यापार र अन्य कम्पनीका उपसमूहहरू सामान्य बढ्दा बाँकी राताम्मे छन् ।

न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज नेपाल रिपब्लिक मिडियामा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register