एसइईको नतिजा प्रकाशनमा ढिलाई हुने पक्का ! 

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रशासनमा ढिलाई हुने भएको छ । उत्तरपुस्तिका जाँच गर्न छोडेर देशभरका शिक्षक आन्दोलनमा होमिएपछि एसइईको नतिजा प्रकाशनमा ढिलाई हुने भएको हो ।  हाल देशभरका शिक्षकहरु विभिन्न माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागि भएपछि एसइईको उत्तरपुस्तिका जाँच गर्ने काम रोकिएको छ ।  एसइईको परीक्षा चैत १५ गते सकिएको थियो […]

Apr 6, 2025 - 10:57
 0
एसइईको नतिजा प्रकाशनमा ढिलाई हुने पक्का ! 

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रशासनमा ढिलाई हुने भएको छ । उत्तरपुस्तिका जाँच गर्न छोडेर देशभरका शिक्षक आन्दोलनमा होमिएपछि एसइईको नतिजा प्रकाशनमा ढिलाई हुने भएको हो । 

हाल देशभरका शिक्षकहरु विभिन्न माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागि भएपछि एसइईको उत्तरपुस्तिका जाँच गर्ने काम रोकिएको छ । 

एसइईको परीक्षा चैत १५ गते सकिएको थियो । परीक्षा सकिएको अहिले झण्डै १० दिन पुगेको छ । यतिन्जेलसम्म उत्तरपुस्तिका जाँच गर्ने काम सुरु भइसक्नुपर्ने भए पनि शिक्षकहरु आन्दोलनमा व्यस्त हुँदा उत्तरपुस्तिका जाँच्ने काम अझै सुरु भएको छैन । 

यता शिक्षक महासंघले पनि शिक्षकका माग पूरा भएर आन्दोलन नरोकिएसम्म एसइईको उत्तरपुस्तिका जाँच नगर्न निर्देशन दिएको छ । सोही कारण पनि एसइईको उत्तरपुस्तिका जाँच गर्ने काममा ढिलाई भएको छ । उत्तरपुस्तिका जाँच्ने काममा नै ढिलाई भएपछि नतिजा प्रकाशनमा समेत ढिलाई हुने पक्का देखिएको छ । शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोलनमा छन् । उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा समेत गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register