दिल्ली विधानसभाबाट आम आदमी पार्टीका विधायकलाई निकालियो

काठमाडौं । आम आदमी पार्टीका धेरै विधायकलाई दिल्ली विधानसभाबाट दिनभरिका लागि निष्कासन गरिएको छ । समाचार एजेन्सी एएनआईकाअनुसार विपक्षी दलकी नेता तथा दिल्लीका पूर्व मुख्यमन्त्री आतिशी पनि निष्कासित विधायकहरूमा पर्छिन् । दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले नाराबाजी गरेका थिए, त्यसपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले उनीहरूलाई निष्कासन गरेका हुन् […]

Feb 25, 2025 - 07:17
 0
दिल्ली विधानसभाबाट आम आदमी पार्टीका विधायकलाई निकालियो

काठमाडौं । आम आदमी पार्टीका धेरै विधायकलाई दिल्ली विधानसभाबाट दिनभरिका लागि निष्कासन गरिएको छ ।

समाचार एजेन्सी एएनआईकाअनुसार विपक्षी दलकी नेता तथा दिल्लीका पूर्व मुख्यमन्त्री आतिशी पनि निष्कासित विधायकहरूमा पर्छिन् ।

दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले नाराबाजी गरेका थिए, त्यसपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले उनीहरूलाई निष्कासन गरेका हुन् ।

आतिशीले आपका विधायकहरूले डा. बाबासाहेब भीमराव अम्बेडकरको नाममा सभामा नारा लगाएपछि निष्कासित गरिएको बताएकी छन् ।

उनी भन्छिन्, “जब आपका विधायकहरूले डा. बाबासाहेब भीमराव अम्बेडकरको नाममा सभामा नारा लगाए, उनीहरूलाई निलम्बन गरिएको थियो । तर जब भाजपा विधायकहरूले प्रधानमन्त्री मोदीको समर्थनमा नारा लगाए, केही बोलिएन । यसको अर्थ भाजपाले डा. बाबासाहेब भीमराव अम्बेडकरलाई घृणा गर्छ ।”

बैठकमा मुख्यमन्त्री रेखा गुप्ताले मदिरा नीतिसँग सम्बन्धित क्याग प्रतिवेदन प्रस्तुत गरेकी छिन् । यस प्रतिवेदनले दिल्लीको मदिरा नीति परिवर्तन गर्दा २,०२६.९१ करोड रुपैयाँको घाटा भएको खुलासा गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register