यातायात व्यवसायीको आन्दोलनले यात्रुलाई सास्ती (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा यातायात व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन् । शनिबार एक घण्टा चक्काजाम गरेका यातायात व्यवसायीहरुले आज (आइतबार) ब्यानर तथा प्ले कार्ड प्रदर्शन गर्दै आन्दोलन गरेका हुन् ।  उनीहरुले सवारी ऐन, २०४९ विपरीत संघीय ऐनसँग बाझिने गरि सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको भन्दै सो को विरोधमा आन्दोलन गरेका हुन् । गण्डकी प्रदेश […]

Jun 1, 2025 - 10:31
 0
यातायात व्यवसायीको आन्दोलनले यात्रुलाई सास्ती (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा यातायात व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन् । शनिबार एक घण्टा चक्काजाम गरेका यातायात व्यवसायीहरुले आज (आइतबार) ब्यानर तथा प्ले कार्ड प्रदर्शन गर्दै आन्दोलन गरेका हुन् । 

उनीहरुले सवारी ऐन, २०४९ विपरीत संघीय ऐनसँग बाझिने गरि सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको भन्दै सो को विरोधमा आन्दोलन गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले भने ऐन नै ल्याएर निजी सवारी साधनलाई पनि भाडाको सरह सञ्चालन गर्न लागेको भन्दै यातायात व्यवसायीले विरोध गरेका छन् । पठाओ, इन्ड्राइभ लगायतका राइड सेयरिङ एपलाई टार्गेट गर्दै उनीहरुले राइड सेयरिङलाई कानून मान्यता नदिन पनि माग गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register