बालेनको ‘नेपाल हाँसेको’ गीत ६ देशको युट्युव ट्रेन्डिङमा, नेपालमा शीर्षस्थान

काठमाडौं, २९ माघ । र्‍यापर बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’ले विश्वब्यापी चर्चा पाइरहेको छ । रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ मुलुकमा युट्युवको ट्रेन्डिङमा छ । सोमबार बेलुका रिलिज भएको यो गीत नेपालमा भने स्ट्रिमिङको डेढघण्टामै ट्रेन्डिङमा थियो । मंगलबार मध्यान्हमा नेपालको संगीत खण्डतर्फ युट्युवको शीर्षस्थानमा छ । यो समाचार लेख्दासम्म गीतलाई झण्डै [...] The post बालेनको ‘नेपाल हाँसेको’ गीत ६ देशको युट्युव ट्रेन्डिङमा, नेपालमा शीर्षस्थान appeared first on Jhapa Online.

Feb 11, 2025 - 08:49
 0
बालेनको  ‘नेपाल हाँसेको’  गीत ६ देशको युट्युव ट्रेन्डिङमा, नेपालमा शीर्षस्थान

काठमाडौं, २९ माघ । र्‍यापर बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’ले विश्वब्यापी चर्चा पाइरहेको छ । रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ मुलुकमा युट्युवको ट्रेन्डिङमा छ ।

सोमबार बेलुका रिलिज भएको यो गीत नेपालमा भने स्ट्रिमिङको डेढघण्टामै ट्रेन्डिङमा थियो । मंगलबार मध्यान्हमा नेपालको संगीत खण्डतर्फ युट्युवको शीर्षस्थानमा छ । यो समाचार लेख्दासम्म गीतलाई झण्डै ८ लाख ७० हजार पटक हेरिएको छ ।

नेपालमा युट्युव ट्रेन्डिङको शीर्षस्थानमा हुँदा अस्ट्रेलियामा १५, युएईमा ८, कतारमा २, माल्टामा २ र कुवेतमा ९ औं स्थानमा छ । नेपाली समुदायको बाक्लो बसोबास रहेका यी मुलुकका दर्शकले गीतलाई रुचाएको देखिएको छ ।

वैदेशिक रोजगारीको पीडा चित्रण गरिएको यो गीतलाई प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रमोसनमा प्रयोग गरिने जनाइएको छ । काठमाडौं महानगरको मेयर भएपछि बालेनले पहिलोपटक गीत ल्याएका हुन् । तर, यो गीतको अडियो भने १० वर्षअघि नै रिलिज भैसकेको छ ।

दशकअघि सुनिसकेका श्रोतालाई भिडियोसहितको भर्सनले भने पक्कै उत्साहित तुल्याएको हुनुपर्छ । ‘नेपाल हाँसेको’ गीतको भिडियोमा ‘लाज शरणम्’ गीतका कलाकारले अभिनय गरेका छन् ।

The post बालेनको ‘नेपाल हाँसेको’ गीत ६ देशको युट्युव ट्रेन्डिङमा, नेपालमा शीर्षस्थान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register