भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मङ्गलबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रियसभा दुवैमा उक्त अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो । पार्टीले भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।सरकारले ल्याएका अन्य ५ वटा […]

Feb 11, 2025 - 08:48
 0
भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मङ्गलबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रियसभा दुवैमा उक्त अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

पार्टीले भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।सरकारले ल्याएका अन्य ५ वटा अध्यादेशमा भने जसपा नेपालले समर्थन गर्ने भएको छ ।

जसपा नेपाल विपक्षमा उभिएपछि सरकारले ल्याएको भूमि अध्यादेश पारित नहुने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register