पसिना के हो ? कसरी आउँछ ? कारण यस्तो छ

अत्यधिक पसिना आउँदा शरीरमा विभिन्न प्रकारका ग्रन्थीले काम गरेका हुन्छन् । महिला र पुरुषले भिन्दाभिन्दै परिमाणमा पसिना निकाल्छन् । औसत प्रौढ पुरुषले हरेक दिन सोही उमेरका महिलाको भन्दा चार गुणा बढी पसिना निष्कासन गर्छन् । एक्सपेरिमेन्टल फिजियोलोजी नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार व्यायामका क्रममा महिलाले भन्दा पुरुषले बढी प्रभावकारी ढंगले पसिना निष्कासन गर्छन् । कतिपयले [...] The post पसिना के हो ? कसरी आउँछ ? कारण यस्तो छ appeared first on Jhapa Online.

Apr 25, 2025 - 09:28
 0
पसिना के हो ? कसरी आउँछ ? कारण यस्तो छ


अत्यधिक पसिना आउँदा शरीरमा विभिन्न प्रकारका ग्रन्थीले काम गरेका हुन्छन् ।

महिला र पुरुषले भिन्दाभिन्दै परिमाणमा पसिना निकाल्छन् । औसत प्रौढ पुरुषले हरेक दिन सोही उमेरका महिलाको भन्दा चार गुणा बढी पसिना निष्कासन गर्छन् ।

एक्सपेरिमेन्टल फिजियोलोजी नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार व्यायामका क्रममा महिलाले भन्दा पुरुषले बढी प्रभावकारी ढंगले पसिना निष्कासन गर्छन् ।

कतिपयले धेरै पसिना आउनुलाई घट्दो फिटनेससँग तुलना गरे पनि यो सत्य होइन । बढ्दो व्यायामले शरीरलाई चिसो बनाउँछ ।

पसिनाबाट आउने पानी उडेर शरीरलाई चिसो बनाउँछ र शरीरलाई बढी तातो हुनबाट जोगाउँछ ।

पसिनालाई वंशाणुगत तत्त्व हिस्टोकम्प्याटिबिलिटी कम्प्लेक्सले पनि प्रभाव पार्छ । यिनै तत्त्वहरूका कारण विभिन्न मानिसले विभिन्न तरिकाले पसिना निष्कासन गर्छन् ।

कुनै–कुनै व्यक्तिमा पसिना आउने ग्रन्थी हाइपरहिड्रोसिस अत्यधिक सक्रिय हुँदा धेरै पसिना आउने गर्छ । यस्ता मानिसमा विनाकुनै कारण ९श्रम० पसिना आउँछ ।

हाइपरहिड्रोसिस हत्केला, पैताला, काखी र अनुहारमा सक्रिय हुने हुँदा यी स्थानमा बढी पसिना आउँछ । यो कुरा पनि ख्याल गर्नुपर्छ कि हाइपरहिड्रोसिसले क्यान्सर र पार्किन्सनलगायत अन्य रोगको संकेत पनि गरेको हुन्छ ।

हाम्रो शरीरमा दुई प्रकारका पसिना ग्रन्थी हुन्छन् । एक प्रकारको पसिनालाई इस्राइन पसिना ग्रन्थी भनिन्छ भने अर्को एप्रोक्राइन पसिना ग्रन्थी भनिन्छ । इस्राइन पसिना ग्रन्थीले पानीजस्तो पसिना निष्कासन गर्छ । यो पानी र नुनबाट बनेको हुन्छ । तर, एप्रोक्राइन ग्रन्थीबाट विशेष गरी रौँ आउने स्थानबाट पसिना आउँछ ।एजेन्सी

The post पसिना के हो ? कसरी आउँछ ? कारण यस्तो छ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register