यी खानाबाट प्राकृतिक रुपमै पाउन सकिन्छ कोलाजन

एजेन्सी । यदि तपाईं अलिकति आफ्नो सौन्दर्यप्रति सचेत हुनुहुन्छ भने छालालाई चाउरीपनाबाट बचाउने प्रयास अवश्य गर्नुभएको होला । यस प्रयासको बीचमा तपाईंले कोलाजन शब्द पनि धेरै पटक सुन्नुभएको भएको होला । कोलाजनले हाम्रो छालामा आउने चाउरीपनालाई घटाउन मद्दत गर्छ । के साँच्चै कोलाजनले छालाको बुढ्यौलीलाई रोक्न सकिन्छ ? यसबारे जानौँ । कोलाजन भनेको के हो […]

Feb 11, 2025 - 09:24
 0
यी खानाबाट प्राकृतिक रुपमै पाउन सकिन्छ कोलाजन

एजेन्सी । यदि तपाईं अलिकति आफ्नो सौन्दर्यप्रति सचेत हुनुहुन्छ भने छालालाई चाउरीपनाबाट बचाउने प्रयास अवश्य गर्नुभएको होला ।

यस प्रयासको बीचमा तपाईंले कोलाजन शब्द पनि धेरै पटक सुन्नुभएको भएको होला । कोलाजनले हाम्रो छालामा आउने चाउरीपनालाई घटाउन मद्दत गर्छ । के साँच्चै कोलाजनले छालाको बुढ्यौलीलाई रोक्न सकिन्छ ? यसबारे जानौँ ।

कोलाजन भनेको के हो ?

कोलाजन एक प्रकारको ग्लू हो, जुन शरीरको छाला, हड्डी, मांसपेशी, लिगामेन्ट र टेन्डनमा पाइन्छ ।

वास्तवमा यो एक प्रकारको प्रोटिन हो । यसको कारणले छालाको लचक कायम रहन्छ जसको कारण सूक्ष्म रेखाहरू आउन गाह्रो हुन्छ ।

यसको कारणले मांसपेशी र हड्डीहरूको संरचना पनि बलियो हुन्छ । कोलाजनको कारणले नै हाम्रो छाला धेरै हाइड्रेटेड देखिन्छ, छाला मात्रै हैन, कपालको बलियोपना र कपालहरूको वृद्धिमा पनि कोलाजनको भूमिका महत्त्वपूर्ण हुन्छ ।

कोलाजनको कमी पूरा गर्न तपाईं केही विशेष खाद्य पदार्थहरूमा ध्यानदिन सक्नुहुन्छ ।

सुप

तपाईं मटन सुप पिउन सक्नुहुन्छ वा चिकेनको हड्डीको सुप सेवन गर्न सक्नुहुन्छ । यसले छालामा कोलाजनको उत्पादनलाई बढाउन मद्दत गर्छ ।

माछा

यदि तपाईं माछा खान मन पराउनुहुन्छ भने बुझ्नुहोस् कि तपाईं कोलाजनको सबैभन्दा राम्रो स्रोतको सेवन गर्दै हुनुहुन्छ । विशेषगरी साल्मन र म्याकरेल जस्ता माछाहरू धेरै फाइदाजनक छन् ।

भिटामिन सीले भरपुर फल

मौसमी फलहरूसँगै अमिला फलहरूलाई पनि डाइटको हिस्सा बनाउनुहोस् । यस्ता फलहरूमा भिटामिन सी भरपुर मात्रामा हुन्छ, जसले कोलाजनलाई बढाउँछ ।

हरियो सब्जी

हरियो सब्जी अवश्य खानुहोस् । पालुङ्गो, मेथी, बेथेको सागमा धेरै मात्रामा मिनरल्स पाइन्छ । यिनीहरूको मद्दतले पनि कोलाजन उत्पादन बढ्छ ।

अण्डा

अण्डा कोलाजन प्राप्त गर्ने सजिलो र सस्तो तरिका हो । यसमा पाइने अमिनो एसिड कोलाजनको उत्पादनलाई बढाउँछ ।

ड्राई फ्रूट्स

ड्राई फ्रूट्स खानुले पनि कोलाजन बढाउन मद्दत गर्छ । विशेष गरी ओखर यसको लागि उत्तम मानिन्छ ।

बीज

फर्सी ,सूर्यमुखी, आलस र चिया सीड्सको सेवनले पनि कोलाजन बढाउनमा मद्दत गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register