घरेलु कामदारको हत्या आरोपमा दम्पत्ति पक्राउ

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरका कामदारको हत्या आरोपमा एक दम्पत्ति पक्राउ परेका छन् । ४६ वर्षीय मनबहादुर दमाइँको हत्या आरोपमा स्थानीय बलबहादुर दमाइँ र कर्मती दर्जी दम्पत्ति पक्राउ परेका हुन् । गत वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जङ्गलमा मनबहादुरको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । हत्या आरोपी दम्पत्तिलाई शुक्रबार […]

May 16, 2025 - 14:55
 0
घरेलु कामदारको हत्या आरोपमा दम्पत्ति पक्राउ

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरका कामदारको हत्या आरोपमा एक दम्पत्ति पक्राउ परेका छन् । ४६ वर्षीय मनबहादुर दमाइँको हत्या आरोपमा स्थानीय बलबहादुर दमाइँ र कर्मती दर्जी दम्पत्ति पक्राउ परेका हुन् ।

गत वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जङ्गलमा मनबहादुरको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । हत्या आरोपी दम्पत्तिलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । अनुसन्धानका क्रममा ती दम्पत्तिले हत्या गरी शव लुकाएको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

आरोपित दम्पत्तिले बाउँसोको बिँडले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेपछि घटनालाई लुकाउन जङ्गलमा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पौडेलले बताए । आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register