नयाँ नेतृत्व आएपछि उँधोगतिमा नेपाल टेलिकम 

काठमाडौँ । नेपाल टेलिकमको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ३२.९७ प्रतिशतले घटेको हो । यस अवधिमा कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ९३ करोड रुपैयाँ खुद […]

Feb 12, 2025 - 03:18
 0
नयाँ नेतृत्व आएपछि उँधोगतिमा नेपाल टेलिकम 

काठमाडौँ । नेपाल टेलिकमको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ३२.९७ प्रतिशतले घटेको हो ।

यस अवधिमा कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । 

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३६.३० प्रतिशत र कुल आम्दानी ८.४० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको वित्तीय खर्च ०.१९ प्रतिशत मात्रै घटेको छ । 

यस अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको इपिएस १४ रुपैयाँ ४० पैसा घटेर २९ रुपैयाँ २८ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ । हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल टेलिकमको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register