कुश्माको ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ को सफल परिक्षण

काठमाडौँ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो मेगाट्रोल सञ्चालनमा आउने भएको छ । दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जनासम्म खेल्न सकिन्छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । […]

Jan 8, 2025 - 11:06
 0
कुश्माको ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ को सफल परिक्षण

काठमाडौँ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो मेगाट्रोल सञ्चालनमा आउने भएको छ ।

दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जनासम्म खेल्न सकिन्छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ ।

द क्लिफले विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काइ साइकलिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधासम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेकामा अब पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागेको अध्यक्ष कार्कीले जनाए ।

‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ,’ उनले भने, ‘एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल करिब दुई सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ ।’ हाल यसको परीक्षण भइरहेको उनको भनाइ छ ।

‘कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै यसको अनुभव लिन सकिन्छ, यहाँ आउने पर्यटकका लागि थप सुविधा उपलब्ध गराउन पाएकामा निकै खुसी लागेको छ,’ उनले भने, ‘यसले पर्यटनसँगै आर्थिक र सामाजिक विकासमा थप भूमिका निर्वाह गर्ने हाम्रो अपेक्षा छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register