हिमालयन रि इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको नाफामा सामान्य बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २.३६ प्रतिशतले बढेको हो । पुष मसान्तसम्म कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा […]

Feb 12, 2025 - 09:53
 0
हिमालयन रि इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको नाफामा सामान्य बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २.३६ प्रतिशतले बढेको हो ।

पुष मसान्तसम्म कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १४.९० प्रतिशतले बढेको छ भने कम्पनीको कुल आम्दानी २३.१८ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी ६८ करोड ४० लाख रुपैयाँ भएको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च २५.९१ प्रतिशतले बढेर दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढे पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) भने घटेको छ । यस अवधिमा कम्पनीको इपिएस ११ रुपैयाँ ८६ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १६१ रुपैयाँ ५७ पैसा रहेको छ ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन रि इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ५२ करोड रुपैयाँ सञ्चित रहेको छ भने महाविपत्ती कोषमा १५ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register