लन्डन दूतावासमा गणतन्त्र दिवस (फोटो फिचर)

लन्डन । लन्डनस्थित नेपाली राजदूतावासमा बिहीबार सांझ १८ औं गणतन्त्र दिवस मनाइएको छ । उक्त अवसरमा नेपालबाट रक्षा सचिव रामेश्वर दंगाल, ननिटन मेयर भीम सारु, काउन्सिलर रोजिना प्रधान राई, नायिका तथा पूर्व मिस नेपाल निती शाह, स्वामी डा. योगी विकासानन्द, बेलायतको विभिन्न राज्यबाट नेपाली समुदायका अगुवाहरुको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बेलायतका लागि […]

May 29, 2025 - 23:40
 0
लन्डन दूतावासमा गणतन्त्र दिवस (फोटो फिचर)

लन्डन । लन्डनस्थित नेपाली राजदूतावासमा बिहीबार सांझ १८ औं गणतन्त्र दिवस मनाइएको छ ।

उक्त अवसरमा नेपालबाट रक्षा सचिव रामेश्वर दंगाल, ननिटन मेयर भीम सारु, काउन्सिलर रोजिना प्रधान राई, नायिका तथा पूर्व मिस नेपाल निती शाह, स्वामी डा. योगी विकासानन्द, बेलायतको विभिन्न राज्यबाट नेपाली समुदायका अगुवाहरुको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले ऐतिहासिक जनआन्दोलनबाट प्राप्त गणतन्त्र संस्थागत गर्ने काम भइरहेको जनाउंदै गणतन्त्र ल्याउन आफ्नो जीवन उत्सर्ग गर्ने सबै शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरे । प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकियोस् भन्ने कामना पनि उनको थियो ।

राजदूत घिमिरेले आफ्नो साढे ४ महिनाको कार्यकालमा दूतावासबाट धेरै काम भएका बताए । व्यापार लगानी सम्मेलन, भूतपूर्व गोर्खाहरुको समस्या सम्बोधनका लागि छलफल, बेलायत र नेपालको न्यायपालिकाबीच सहकार्य सम्झौता भइसकेको जनाउंदै उनले आउंदो साता पर्यटन प्रवर्धन कार्यक्रम, जुनमा स्कटल्याण्डमा नेपाली मेला र त्यसपछि प्रविधि सम्मेलन गर्ने तयारी भइरहेको पनि बताए ।

बेलायतमा थप नेपाली संघसंस्था भन्दा बलियो र भरपर्दो एकता एवं सहकार्य भए रकेट गतिमा काम गर्न सकिने विश्वास राजदूतको थियो ।

राजदूत घिमिरेले बेलायत र नेपालबीच ऐतिहासिक, बहुआयामिक तथा अतुलनीय सम्बन्ध रहेको उल्लेख गर्दै दूतावासले दुई पक्षीय कूटनीतिलाई मात्र प्राथमिकता नदिइ वहुपक्षीय कूटनीतिमा पनि काम भइरहेको जनाए ।

बेलायतबाट नेपालको समुन्नतिका लागि यहांका नेपाली कसले के योगदान गर्न सक्छन् त्यो महत्वपूर्ण भएको राजदूत घिमिरेले बताए । बेलायतस्थित नेपाली डायस्पोराले निर्यात वृद्धि, नेपालमा वैदेशिक लगानी, सीप, ज्ञान र प्रविधि हस्तान्तरण, रोजगारी सृजना आदिमा योगदान गर्नुपर्नेमा राजदूत घिमिरेले जोड दिए ।

उक्त कार्यक्रम दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले सञ्चालन गरेका थिए ।

वि.सं. २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनमार्फत मुलुकमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register