चलचित्र महोत्सवका लागि लन्डन आइपुगे कलाकार

लन्डन । लन्डनमा ३१ मे शनिबार हुने तेश्रो नेपाली चलचित्र महोत्सव समापन समारोहका लागि नेपालबाट कलाकारहरु लन्डन उत्रिएका छन् ।  बिहीबार हिथ्रो आइपुगेका कलाकारहरुलाई आयोजक थर्ड आइले स्वागत गरेको छ ।  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार सन्तोष पन्त, गायक-गायिका प्रताप दास, सुवानी मोक्तान, राजेश बर्देवा, डान्सर आश्मा विश्वकर्मा लगायतलाई आयोजकका तर्फबाट विकास […]

May 30, 2025 - 09:04
 0
चलचित्र महोत्सवका लागि लन्डन आइपुगे कलाकार

लन्डन । लन्डनमा ३१ मे शनिबार हुने तेश्रो नेपाली चलचित्र महोत्सव समापन समारोहका लागि नेपालबाट कलाकारहरु लन्डन उत्रिएका छन् । 

बिहीबार हिथ्रो आइपुगेका कलाकारहरुलाई आयोजक थर्ड आइले स्वागत गरेको छ । 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार सन्तोष पन्त, गायक-गायिका प्रताप दास, सुवानी मोक्तान, राजेश बर्देवा, डान्सर आश्मा विश्वकर्मा लगायतलाई आयोजकका तर्फबाट विकास देवकोटा, सुनिलबाबु खड्का, रोमियन लिम्बु, प्रशान्त खड्का लगायतले खादा लगाएर स्वागत सम्मान गरे । 

 

कलाकारहरुले शनिबार ग्रीनफोर्ड टाउन हलमा हुने समारोहमा आएर आफूहरुलाई हौसला दिन अनुरोध गरेका छन् । यस अघि नायिकाद्वय विपना थापा र निती शाह एवं धिरेन शाक्य लन्डन आइसकेका छन् भने नम्रता योगी र तेजुला खतिवडा आज आउंदै छन् ।

बेलायतमै रहेका सेलिब्रेटी समेत उक्त कार्यक्रममा सहभागी हुने छन् । 

समापन समारोह नेपाली सिनेमा, भाषा र सांस्कृतिक विविधताको उत्सव हुने अपेक्षा गरिएको छ । सो अवसरमा नेपालबाट आएका कलाकारहरुले विशेष प्रस्तुति दिनेछन् भने सम्मान पनि गर्ने तयारी छ । 


विदेशमा नेपाली कला संस्कृति प्रवर्धन, नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, बजार विस्तार र कलाकारहरुलाई प्रोत्साहित गर्न महोत्सव गरिएको थर्ड आइले जनाएको छ ।

फिल्म महोत्सव आयोजक कमिटीमा विकास देवकोटा, सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, सुवसिंह गुरुङ, रोमियन लिम्बु, प्रशान्त खड्का लगायत छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register