सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सुनसरी, १६ जेठ । सुनसरीको इनरुवा नगरपालिका–७ स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । जेठ १५ गते प्रदेश १.०२.००१ ख ८०५४ नम्वरको सेफ्टी ट्याङ्की सफा गर्ने ट्याङ्करले विपरित दिशाबाट आउदै को. ३२ प १३९२ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल पछाडि सवार दुहवी [...] The post सवारी दुर्घटनाबाट १ जनाको मृत्यु appeared first on Jhapa Online.

May 30, 2025 - 09:57
 0
सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सुनसरी, १६ जेठ । सुनसरीको इनरुवा नगरपालिका–७ स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।

जेठ १५ गते प्रदेश १.०२.००१ ख ८०५४ नम्वरको सेफ्टी ट्याङ्की सफा गर्ने ट्याङ्करले विपरित दिशाबाट आउदै को. ३२ प १३९२ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल पछाडि सवार दुहवी नगरपालिका–११ का ४८ बर्षीय देव नारायण उरावलाई उपचारको लागि इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्यािउनासाथ उनको मृत्यु भएको थियो भने मोटरसाईकल चालक सोही स्थानका २३ बर्षीय मनिरत्न चौधरीको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।

दुर्घटनामा सम्लग्न ट्याङ्कर र चालक इनरुवा–२ का लस्कर अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।

The post सवारी दुर्घटनाबाट १ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register