काभ्रेमा ६ महिनाभित्रै २५२ अभियुक्त पक्राउ

काभ्रेपलाञ्चोक । जिल्लामा ६ महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा सम्लग्न दुई सय ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयद्वारा सार्वजनिक गरिएको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटद्वारा उक्त सङ्ख्याका अभियुक्त पक्राउ भएको जनाइएको हो । प्रतिवेदन अनुसार गत साउन महिनादेखि पौष मसान्तसम्म जिल्लामा घटेका […]

Feb 13, 2025 - 07:33
 0
काभ्रेमा ६ महिनाभित्रै २५२ अभियुक्त पक्राउ

काभ्रेपलाञ्चोक । जिल्लामा ६ महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा सम्लग्न दुई सय ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयद्वारा सार्वजनिक गरिएको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटद्वारा उक्त सङ्ख्याका अभियुक्त पक्राउ भएको जनाइएको हो ।

प्रतिवेदन अनुसार गत साउन महिनादेखि पौष मसान्तसम्म जिल्लामा घटेका ३ सय १ अपराधिक घटनामा दुई सय ५२ जना अभियुक्त पक्राउ परेका हुन् । यस्तै प्रतिवेदनमा शान्ति–सुरक्षा अपराध नियन्त्रण र विपद् व्यवस्थापनअन्र्तगत भएका विभिन्न घटनाको विश्लेषण सहितको तथ्याङ्क सार्वजनिक गरेको जनाइएको छ ।

विश्लेषणात्मक रुपमा सार्वजनिक गरिएको प्रतिवेदनमा अपराधको प्रकृति तथा संलग्न व्यक्ति, सुरक्षा–अवस्था तथा चुनौतिलगायतबारे आम नागरिकलाई जानकारी रहोस् भन्ने उद्देश्य राखिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

‘सुरक्षा व्यवस्था कडा बनाउने हाम्रो जिम्मेवारी त छँदैछ, थर सुरक्षा अवस्था र घटनाको विश्लेषणबाट आम नागरिक र सरोकारवालाबाट थप सुझाव आओस् भन्ने उद्देश्य पनि हो,’ प्रजिअ ढकालले भने । उनका अनुसार जिल्लामा घटनाहरूको प्रकृति विष्लेषण गर्दा प्रविधिमैत्री सुरक्षामा थप कडाइ गर्नुपर्ने देखिएको छ । ढकालले थपे, ‘प्रविधिको विकाससँगै विकृत शैलीमा घटना भएको देखिएका छन्, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।’

कार्यालयको तथ्याङ्कअनुसार यही अवधिमा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी ७८ जना घाइते भए । जिल्लामा तीन जनाको हत्या भएको तथ्याङ्कले देखिएको छ । ५७ जनाले आत्महत्या गरेको तथा प्राकृतिक प्रकोपका ४९ घटनामा ८१ ज्नाले ज्यान गुमाउनु पर्यो । यस्तो घटनामा ९७ जना घाइते भएका थिए ।

यस्तै यही अवधिमा एक सय ३ जना विशिष्ठ ब्यक्तिले काभ्रेपलाञ्चोक भ्रमण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तीन सय २५ पसल तथा व्यापारिक संस्थाको अनुगमन गर्दा ६ फर्मलाई जरिवाना गरिएको छ भने १ सय ३२ वटा पसलबाट सामान जफत गरी ५५ हजार जरिवाना गराईएको जनाइएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धुलिखेलमा चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ८३ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । यसबीचमा शहीद परिवारलाई ७६ लाख ८० हजार रुपैयाँ भुक्तानी गरिएको छ । २३ करोड ८० लाख रुपैयाँ विपद्मा प्रभावित परिवारलाई राहत वितरण गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register