प्रचण्डले गरे गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन

तम्घास । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्‌घाटन गरेका छन् । मालिका गाउँपालिकाको वडा नम्वर ४ अर्खबाङमा निर्माण भएको हेलीप्याड र सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको प्रचण्डले बिहीबार उद्‌घाटन गरेका हुन् ।  सो अवसरमा प्रचण्डले नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताउँदै […]

Feb 13, 2025 - 08:06
 0
प्रचण्डले गरे गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन

तम्घास । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्‌घाटन गरेका छन् ।

मालिका गाउँपालिकाको वडा नम्वरअर्खबाङमा निर्माण भएको हेलीप्याड र सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको प्रचण्डले बिहीबार उद्‌घाटन गरेका हुन् । 

सो अवसरमा प्रचण्डले नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताउँदै यसले विपद् तथा आपतकालीन अवस्थामा नागरिकको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । 

गुल्मीका विभिन्न स्थानको भ्रमणमा रहेका प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन र आजै धुर्कोट गाउँपालिकामा निर्माण भएको शहीद पार्कको उद्‌घाटन गर्ने कार्यक्रम छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register