प्रतिबन्धित लागूऔषध सहित ४ जना पक्राउ

मोरङ, १ फागुन । इलाम र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ३० गते बिराटनगर महानगरपालिका–१७ स्थितबाट इलका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १.०२.०५४ प २१३६ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका–४ का ३२ [...] The post प्रतिबन्धित लागूऔषध सहित ४ जना पक्राउ appeared first on Jhapa Online.

Feb 13, 2025 - 08:10
 0
प्रतिबन्धित लागूऔषध सहित ४ जना पक्राउ

मोरङ, १ फागुन । इलाम र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ ३० गते बिराटनगर महानगरपालिका–१७ स्थितबाट इलका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १.०२.०५४ प २१३६ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका–४ का ३२ बर्षीय बिजय राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले पथरीशनिश्चरे–१ का ३३ बर्षीय बाल कृष्ण परियार र २० बर्षीय मौषम धिमाललाई १०५ चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी प्रहरी चौकी महमाई इलामबाट खटिएको गस्ती टोलिले माई नगरपालिका–७ का ४५ बर्षीय टेक बहादुर लिम्बुलाई ७० मिलिग्राम ब्राउन सूगर सहित पक्राउ गरेको छ ।

लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।

The post प्रतिबन्धित लागूऔषध सहित ४ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register