संविधान र जनाधिकार रक्षा गर्न लागिरहन्छौँ ः अध्यक्ष प्रचण्ड
काठमाण्डौ, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताउनुभएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालन भएको सशस्त्र सङ्घर्षको ३०औं वर्ष प्रवेशका अवसरमा आज भएको कार्यक्रममा उहाँले संविधानको [...] The post संविधान र जनाधिकार रक्षा गर्न लागिरहन्छौँ ः अध्यक्ष प्रचण्ड appeared first on Jhapa Online.

काठमाण्डौ, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताउनुभएको छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालन भएको सशस्त्र सङ्घर्षको ३०औं वर्ष प्रवेशका अवसरमा आज भएको कार्यक्रममा उहाँले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पारिने बताउनुभयो ।
माओवादीले समुदायतर्फ फर्कँदै नागरिकका ‘एजेण्डा’ लाई दृढतापूर्वक अघि बढाउने र नागरिकसँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेको अध्यक्ष प्रचण्डको भनाइ छ ।
राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि नागरिकले महसूस गर्नेगरी उनीहरूको जीवन परिवर्तन गर्ने प्रयासमा पार्टी जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डलगायत माओवादी नेताहरूले पार्टी कार्यालयमा रहेको शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।रासस
The post संविधान र जनाधिकार रक्षा गर्न लागिरहन्छौँ ः अध्यक्ष प्रचण्ड appeared first on Jhapa Online.
What's Your Reaction?






