यस्तो बन्यो नेसपा नयाँ शक्तिको नेतृत्व, कसले कति मत ल्याए (सूचीसहित)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट  डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति  निर्वाचित भएको छ । अध्यक्षमा डा भट्टराई ७ सय ६१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी नेत्र चापागाईंले ६३ मत पाए । त्यस्तै, उपाध्यक्ष (खस आर्य) ईश्वर रिजालले ३ सय ९३ मत पाए , उपाध्यक्ष […]

Feb 13, 2025 - 16:12
 0
यस्तो बन्यो नेसपा नयाँ शक्तिको नेतृत्व, कसले कति मत ल्याए (सूचीसहित)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनबाट  डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति  निर्वाचित भएको छ । अध्यक्षमा डा भट्टराई ७ सय ६१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी नेत्र चापागाईंले ६३ मत पाए ।

त्यस्तै, उपाध्यक्ष (खस आर्य) ईश्वर रिजालले ३ सय ९३ मत पाए , उपाध्यक्ष (आदिवासी जनजाती) टेक बहादुर बाठामगरले ३ सय ११ मत पाए । उपाध्यक्ष (दलित) दुर्गा सोब, उपाध्यक्ष (महिला) मानुषी यमी भट्टराई भने निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्ष (मधेशी थारु) उमेश शाहले ३ सय ९५ मत पाए । यसैगरी  महासचिव (खुला) सोनाम सिंह स्याङ्तानले ४०९ मत पाए , सचिव (खुला) लक्ष्मण कार्कीले ३ सय ५३ मत पाए । सचिव (खुला) भरतराज दाहालले ३ सय ७९ मत पाए ।  यस्तै सचिव (महिला) आसाकुमारी तामाङले ३ सय १४ मत पाइन् ।  कोषाध्यक्षमा हरि रिजाल निर्वाचित भएका छन् ।

हेर्नुहोस् कसले कति मत ल्याए 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register