तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । आज तोलामा ४०० रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुन आज तोलामा १ लाख ७० हजार २०० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार पनि सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको थियो । यस्तै आज पनि चाँदीको […]

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।
आज तोलामा ४०० रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
छापावाल सुन आज तोलामा १ लाख ७० हजार २०० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार पनि सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको थियो ।
यस्तै आज पनि चाँदीको मूल्य बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।
चाँदी आज तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको थियो ।
What's Your Reaction?






