बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

धरान । नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा शनिबारदेखि सुरु प्रतियोगितामा चर्च ब्वाइजले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्यो । खेलको ४२औँ मिनेटमा एन्ड्रो एभिओ एमाहाले दिएको पासलाई सदुपयोग गर्दै सन्तोष खत्रीले गोल गरेका थिए । आइतबारको खेलमा आयोजक धरान […]

Feb 2, 2025 - 00:57
 0
बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

धरान । नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रङ्गशालामा शनिबारदेखि सुरु प्रतियोगितामा चर्च ब्वाइजले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्यो । खेलको ४२औँ मिनेटमा एन्ड्रो एभिओ एमाहाले दिएको पासलाई सदुपयोग गर्दै सन्तोष खत्रीले गोल गरेका थिए ।

आइतबारको खेलमा आयोजक धरान फुटबल क्लब र युकेएफसी भारतबीच प्रतिस्पर्धा हुनेछ । खेलको प्लेयर अफ द म्याच खत्री १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।

यही माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताका विजेताले ट्रफीसहित १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

साथै उत्कृष्ट खेलाडीले एक लाख र प्लेयर अप द म्याच हुनेले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register