देवभूमिको वार्षिकोत्सवमा सामाजिक अभियन्ता ढुंगाना र उत्कष्ट विद्यार्थीलाई सम्मान

अर्जुनधारा, २ फागुन । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित देवभूमि विद्यापीठ इंग्लिस बोर्डिङ स्कूलले १७ औं वार्षिकोत्सव मनाएको छ । आज स्कूलले विविध कार्यक्रम गरी आफ्नो १७ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सामाजिक अभियन्ता गणेश ढुंगाना र स्कूलबाट २०८० को एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी प्रज्वल संग्रौलालाई सम्मान गरेको छ । सामाजिक अभियन्ता ढुंगाना स्वच्छ [...] The post देवभूमिको वार्षिकोत्सवमा सामाजिक अभियन्ता ढुंगाना र उत्कष्ट विद्यार्थीलाई सम्मान appeared first on Jhapa Online.

Feb 14, 2025 - 13:16
 0
देवभूमिको वार्षिकोत्सवमा सामाजिक अभियन्ता ढुंगाना र उत्कष्ट विद्यार्थीलाई सम्मान

अर्जुनधारा, २ फागुन । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित देवभूमि विद्यापीठ इंग्लिस बोर्डिङ स्कूलले १७ औं वार्षिकोत्सव मनाएको छ ।

आज स्कूलले विविध कार्यक्रम गरी आफ्नो १७ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सामाजिक अभियन्ता गणेश ढुंगाना र स्कूलबाट २०८० को एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी प्रज्वल संग्रौलालाई सम्मान गरेको छ ।

सामाजिक अभियन्ता ढुंगाना स्वच्छ समाजका लागि सामाजिक अभियान नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले सडकमा फ्याँकिएका प्लास्टिक, फोहोरमैला संकलन गर्दै स्वच्छ वातावरण निर्माणमा लाग्नुभएको छ । ढुंगानाले अनाथ बालबालिकाका लागि अर्जुनधारा–११ मा प्राप्त जग्गामा भवन निर्माणका लागि सहयोग संकलन गरिरहेका छन् । उहाँको अभियानलाई सहयोग पु¥याउन स्कूलका संस्थापक सुमन शर्मा जमरकट्टेलले पाँच हजार रुपैयाँ सहयोग दिने घोषणा गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्याब्सन झापा अध्यक्ष छत्र कार्कीले स्कूलले विद्यार्थीलाई शिक्षा दिने भए पनि घर र अभिभावकबाट असल संस्कार पाउने भएकाले अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले किताबी ज्ञानले मात्र विद्यार्थीको स्तरोन्नती नहुने बताउँदै अतिरिक्त क्रियाकलापसँगै जीवनोपयोगी शिक्षा आवश्यक रहेको औंल्याउनुभयो ।

संस्थापक जमरकट्टेलले स्कूलको आगामी योजनाबारे जानकारी दिँदै चाँडै क्रिकेट खेल मैदान, एआई तालिम, होटल म्यानेजमेन्ट र आईटी सम्बन्धी कक्षा सञ्चालनको तयारी भइरहेको बताउनुभयो ।

अभिभावक निर्मला मिश्र लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यार्थीहरुले स्पीच, नृत्य, गायन, नाटक, कविता, मार्सलआर्ट शो, ¥याम्प वाक लगायतका प्रस्तुती दिएका थिए । संस्थापक जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रिंन्सिपल सन्तोष पौडेलले गर्नुभएको थियो भने सञ्चालन विद्यार्थी अपेक्षा मिश्रले गर्नुभएको थियो ।

नर्सरीदेखि कक्षा–१० सम्म अध्यापन हुने देवभूमिमा ५ सय ५० विद्यार्थी अध्ययनरत छन् भने ४० जना शिक्षक–कर्मचारी रहेको स्कूलका शिक्षक समिर नेपालले जानकारी दिनुभयो ।

The post देवभूमिको वार्षिकोत्सवमा सामाजिक अभियन्ता ढुंगाना र उत्कष्ट विद्यार्थीलाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register