दुर्घटनामा घाइते बुद्धशान्ति–५ की २२ वर्षीया आकृति दनुवारको मृत्यु

झापा, १८ जेठ । दुर्घटनामा परी गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको छ । गत जेठ १३ गते झापाको मेचीनगर नगरपालिका–१४ धाइजन चोकस्थित पुर्व–पश्चिम लोकमार्गमा धुलाबारीबाट चारआली तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१४ प ५१५२ नम्बरको मोटरसाइकल बीच ठक्कर हुँदा [...] The post दुर्घटनामा घाइते बुद्धशान्ति–५ की २२ वर्षीया आकृति दनुवारको मृत्यु appeared first on Jhapa Online.

Jun 1, 2025 - 14:23
 0
दुर्घटनामा घाइते बुद्धशान्ति–५ की २२ वर्षीया आकृति दनुवारको मृत्यु

झापा, १८ जेठ । दुर्घटनामा परी गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको छ ।

गत जेठ १३ गते झापाको मेचीनगर नगरपालिका–१४ धाइजन चोकस्थित पुर्व–पश्चिम लोकमार्गमा धुलाबारीबाट चारआली तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१४ प ५१५२ नम्बरको मोटरसाइकल बीच ठक्कर हुँदा गम्भीर घाइते भएकी बुद्धशान्ति गाँउपालिका–५ की २२ वर्षीया आकृति दनुवार गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१० धुलाबारीका २७ वर्षीय राहुल गुप्ता सामान्य घाइते भएका थिए । सोही मोटरसाइकलमा पछाडि सवार दनुवारको बीण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज दिउँसो मृत्यु भएको हो । ट्रक चालक बिर्तामोड–३ का ३४ वर्षीय विजय लिम्बू इप्रका धुलाबारीको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post दुर्घटनामा घाइते बुद्धशान्ति–५ की २२ वर्षीया आकृति दनुवारको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register