कटारी नगरपालिका सम्मानित

उदयपुर। उदयपुरको कटारी नगरपालिकालाई सम्मान गरिएको छ। बिहीबार गाईघाटमा सम्पन्न सातौं जिल्ला सभामा नगरपालिकालाई औपचारिक रूपमा सम्मान गरिएको हो।जिल्ला समन्वय समिति, उदयपुरका प्रमुख गौर बहादुर विश्वकर्मा र जिल्ला समन्वय अधिकारी गजेन्द्र नाथ शर्माले कटारी नगरपालिकाका प्रमुख राजेश चन्द्र श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे। जिल्ला समन्वय समितिका अनुसार, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा कटारी नगरपालिकाले जिल्लामा […]

Feb 14, 2025 - 15:50
 0
कटारी नगरपालिका सम्मानित

उदयपुर।

उदयपुरको कटारी नगरपालिकालाई सम्मान गरिएको छ। बिहीबार गाईघाटमा सम्पन्न सातौं जिल्ला सभामा नगरपालिकालाई औपचारिक रूपमा सम्मान गरिएको हो।
जिल्ला समन्वय समिति, उदयपुरका प्रमुख गौर बहादुर विश्वकर्मा र जिल्ला समन्वय अधिकारी गजेन्द्र नाथ शर्माले कटारी नगरपालिकाका प्रमुख राजेश चन्द्र श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे।

जिल्ला समन्वय समितिका अनुसार, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा कटारी नगरपालिकाले जिल्लामा सबैभन्दा बढी नम्बर प्राप्त गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन आधार मार्फत आर्थिक वर्ष २०८०-०८१ मा उदयपुर जिल्लाका आठवटा स्थानीय तहहरूमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने स्थानीय तहका रूपमा कटारी नगरपालिकाले सम्मान प्राप्त गरेको हो।

जिल्ला समन्वय समितिले नगरपालिकालाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ गुणस्तरीय तथा नागरिकमैत्री सेवाप्रवाहको अपेक्षा गरेको छ। सम्मानले कटारी नगरपालिकालाई अझ प्रभावकारी सेवा प्रवाह गर्न प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register