मोरी डेलेसँग जुध्दा आशिषको खुट्टा तीन ठाउँमा भाँचियो

काठमाडौं । नेपाल-चीनको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली खेलाडी आशिष राईको खुट्टा तीन ठाउँमा भाँचिएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा घाइते भएका राईको तीन ठाउँमा खुट्टा भाँचिएको एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिए । उनकाअनुसार तत्काल राईलाई स्टार हस्पिटल पुर्‍याइएको भए पनि अहिले मेडिसिटीमा भर्ना गर्ने तयारी भइरहेको छ । राई खेलको क्रममा […]

Feb 15, 2025 - 15:33
 0
मोरी डेलेसँग जुध्दा आशिषको खुट्टा तीन ठाउँमा भाँचियो

काठमाडौं । नेपाल-चीनको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली खेलाडी आशिष राईको खुट्टा तीन ठाउँमा भाँचिएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा घाइते भएका राईको तीन ठाउँमा खुट्टा भाँचिएको एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिए ।

उनकाअनुसार तत्काल राईलाई स्टार हस्पिटल पुर्‍याइएको भए पनि अहिले मेडिसिटीमा भर्ना गर्ने तयारी भइरहेको छ ।

राई खेलको क्रममा ३७ औं मिनेटमा चिनियाँ खेलाडी मोरी डेलेसँग जुध्दा घाइते भएका थिए । डेलेको पनि ब्लुक्रस हस्पिटलमा उपचार भइरहेको छ । उनको भने लिगामेन्टमा मात्र समस्या देखिएको प्रवक्ता साहले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register