सुप्रिम सहकारी ठगी प्रकरणमा छविलाललाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको  छ । रुपन्देही जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको एकल इजलासले बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा  पूर्व डीआईजी  जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आजै रुपन्देही अदालतमा […]

Feb 10, 2025 - 13:36
 0
सुप्रिम सहकारी ठगी प्रकरणमा छविलाललाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको  छ ।

रुपन्देही जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको एकल इजलासले बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा  पूर्व डीआईजी  जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आजै रुपन्देही अदालतमा हाजिर भएका जोशीलाई पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ ।

सोही प्रकरणमा  रास्वपा सभापति रवि लामिछानेलाई यसअघि रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर तारिखमा छाडेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register