सत्तापक्षीय सचेतकहरूको बैठक : अध्यादेश निर्णायार्थ पेसको कार्यतालिका सार्ने सहमति

काठमाडौं ।  सत्तापक्षीय सचेतकहरूले सरकारले ल्याएका अध्यादेश निर्णायार्थ पेसको कार्यतालिका हेरफेर गर्ने सहमति गरेका छन् । सरकारले फागुन ६ गते अध्यादेश निर्णायार्थ पेश गर्ने तयारी गरेपनि सांसदहरू भेला हुन समय लाग्ने भएकाले कार्यतालिका हेरेफेर गर्ने सहमति सत्तापक्षीय सचेतकहरूले गरेका हुन् । आइतबार बसेकाे प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सत्तापक्षका सचेतकहरूको बैठकले यस्तो सहमति गरेको नेपाली काङ्ग्रेसका प्रमुख […]

Feb 16, 2025 - 05:12
 0
सत्तापक्षीय सचेतकहरूको बैठक : अध्यादेश निर्णायार्थ पेसको कार्यतालिका सार्ने सहमति

काठमाडौं ।  सत्तापक्षीय सचेतकहरूले सरकारले ल्याएका अध्यादेश निर्णायार्थ पेसको कार्यतालिका हेरफेर गर्ने सहमति गरेका छन् । सरकारले फागुन ६ गते अध्यादेश निर्णायार्थ पेश गर्ने तयारी गरेपनि सांसदहरू भेला हुन समय लाग्ने भएकाले कार्यतालिका हेरेफेर गर्ने सहमति सत्तापक्षीय सचेतकहरूले गरेका हुन् ।

आइतबार बसेकाे प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सत्तापक्षका सचेतकहरूको बैठकले यस्तो सहमति गरेको नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

सांसदहरू राजधानी बाहिर रहेकाले भेला हुन समय लाग्ने भएकाले फागुन ६ मा निर्णायार्थ पेस गर्ने कार्यतालिका हेरफेर गर्नु परेकाे घिमिरेको भनाइ छ । ‘सांसदहरू अहिले बाहिर हुनुहुन्छ । कोही कुम्भमेलामा जानुभएको छ । कोही जिल्लातिर जानुभएको छ । त्यसैले उहाँहरूलाई सुचना दिएर भेला गर्नका लागि समय लाग्ने भएकाले कार्यसूची हेरफेरको सहमति भएको हो,’ उनले भने ।

यस्तै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदमा विचाराधीन विधेयकलाई तीव्रताका साथ अघि बढाउने विषयमा छलफल भएको बताए । ‘दुबै सदनमा महत्वपूर्ण विषयमा विचाराधीन विधेयकलाई अघि बढाउने र निष्कर्षमा पुर्‍याउने विषयमा छलफल केन्द्रित भयो,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register