प्रकृतिका बुवा भन्छन् : मेरी छोरी त गइहाली, अब कसैलाई यस्तो नहोस्
काठमाडौं । ओडिसास्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालका बुवा सुनिल लम्साल यतिखेर भारतमै छन् । छोरीको मृत्युको खबर सुनेपछि भारत पुगेका उनले ‘अब कसैलाई यस्तो नहोस्’ भन्ने कामना गरेका छन् । ओडिसाको स्थानीय सञ्चारमाध्यम ओडिसा रिर्पोटरसँग कुराकानी गर्दै उनले भने, ‘मेरी छोरी त गई । अरु छोराछोरी […]

काठमाडौं । ओडिसास्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालका बुवा सुनिल लम्साल यतिखेर भारतमै छन् । छोरीको मृत्युको खबर सुनेपछि भारत पुगेका उनले ‘अब कसैलाई यस्तो नहोस्’ भन्ने कामना गरेका छन् ।
ओडिसाको स्थानीय सञ्चारमाध्यम ओडिसा रिर्पोटरसँग कुराकानी गर्दै उनले भने, ‘मेरी छोरी त गई । अरु छोराछोरी यहाँ पढिरहेका छन् । भविष्यमा यस्तो कुनै पनि घटना सुन्न नपरोस्, यस्तो कसैलाई पनि नहोस् ।”
भारतको केन्द्र सरकार र ओडिसा सरकारले प्रकृतिलाई न्याय दिन्छ भनेर आफू विश्वस्त रहेको पनि सुनिलले बताएका छन् । उनी भन्छन्, ‘मलाई यहाँको सरकारमा पूरा भरोसा र विश्वास छ । यहाँको पुलिस प्रशासनमा भरोसा छ । मलाई लाग्छ हामीलाई यिनले न्याय दिनेछन् ।’
प्रकृतिको शङ्कास्पद मृत्युपछि विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई कलेजले निस्कासन गरेर ठीक नगरेको उनले बताए । ‘विद्यार्थीलाई बाहिर निकालेर ठीक गरेनन् । यो कलेजले नेपालमा कन्फ्रेन्स गरेर विद्यार्थीलाई बोलाउँछ,’ उनले भने, ‘नेपालमा भएको एउटा कन्फ्रेन्समा म पनि गएको थिए । विद्यार्थी बोलाएर पढाउने अनि यस्तो गलत व्यवहार गर्नु ठीक भएन । मलाई यस्तो राम्रो लागेन ।”
बी टेक तेस्रो वर्षमा पढिरहेकी छोरीको मृत्युको खबरले सुनिलको परिवारमा बज्रपात परेको छ । उनी भन्छन्, ‘मैले त उच्च शिक्षाका लागि पठाएको थियो । यस्तो केस भयो ।’
ओडिसाका प्रहरी प्रमुख देवदत्त सिंहले स्थानीय सञ्चारमाध्यमहरुसँग कुरा गर्दै अभियुक्तलाई हिरासतमा राखिएको र अनुसन्धान सुरु गरिएको बताएका छन् । उनले भने, ‘अभियुक्तलाई गिरफ्तार गरेका छौं । छात्रामाथि के कसरी दुव्र्यवहार भएको थियो अनुसन्धान गर्दैछौं । अभियुक्त र पीडितका साथLहरुसँग सोधपुछ गर्दैछौं, मृतकको मोबाइल, ल्यापटप सबै फरेन्सिक जाँचका लागि पठाइएको छ ।’
फागुन- ४ मा कलेजको होस्टलमा नेपाली विद्यार्थी प्रकृतिको शङ्कास्पद मृत्यु भएको थियो ।
What's Your Reaction?






