पोखरा विमानस्थलबारे गोकुल बास्कोटाको प्रश्न – के आधारमा लागत बढाइयो ?

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदनमा एमाले सांसद गोकुल बास्कोटाले सरकारलाई थप प्रश्न गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता अध्ययन गर्न संसदीय उपसमिति बनाइएको थियो । यो उपसमितिमा सदस्य रहेका बास्कोटाले प्रतिवेदनमा थप राय दिएका हुन् । विमानस्थलको प्रारम्भिक लागत अनुमान १४५ मिलियन अमेरिकी डलरबाट […]

Apr 28, 2025 - 11:44
 0
पोखरा विमानस्थलबारे गोकुल बास्कोटाको प्रश्न – के आधारमा लागत बढाइयो ?

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदनमा एमाले सांसद गोकुल बास्कोटाले सरकारलाई थप प्रश्न गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता अध्ययन गर्न संसदीय उपसमिति बनाइएको थियो । यो उपसमितिमा सदस्य रहेका बास्कोटाले प्रतिवेदनमा थप राय दिएका हुन् ।

विमानस्थलको प्रारम्भिक लागत अनुमान १४५ मिलियन अमेरिकी डलरबाट २१५.९६५ मिलियन अमेरिकी डलर (भ्याटबाहेक) कुन आधारमा बनाइएको भन्दै उनले थप राय पेस गरेका छन् ।

तत्कालीन मन्त्रिपरिषद्ले बनाएको कार्यदलले के आधारमा लागत बढाएको र राजस्व छुटसम्बन्धी विवाद, निर्माणका कतिपय कार्य सम्पन्न नभएको र प्राविधिक परीक्षण (Technical Audit) समेत पूर्णरूपमा नभएको अवस्थामा विमानस्थल उद्घाटन र हस्तान्तरण कुन आधारमा किन र कसरी गरियो भन्ने विषयमा यकिन गरी कारबाही सिफारिस गर्नुपर्ने राय उनले पेस गरेका छन् ।

लागत बढाउन अनुमति दिने, प्राविधिक परक्षिण नै नगरी विमानस्थल उद्घाटन र हस्तान्तरण गर्नेलाई समेत अध्ययन गरेर कारबाही गर्नुपर्ने उनले प्रतिवेदनमा थप राय पेस गरेका छन् ।

२७ जेठ २०८१ मा राजेन्द्र लिङ्देनको नेतृवमा सार्वजनिक लेखा समितिले ११ सदस्य रहेको अध्ययन टोली बनाएको थियो । यो टोलीले बनाएको प्रतिवेदनमा विमानस्थल निर्माणका क्रममा ठेक्का प्रक्रियामै भ्रष्टाचार भएको, आर्थिक, प्राविधिक दृष्टिले अनियमितता भएको र मुल सम्झौता विपरित कर छुट दिएको उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register