पोखरामा पड्किएको बलुनमा ग्यास भर्ने भारतीय नागरिक पक्राउ

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा पड्किएको बलुनमा ग्यास भर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले बेलुनमा ग्यास भर्ने ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको हो । ग्यास भर्ने कमलेसलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । गत शनिवार पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण […]

Feb 19, 2025 - 03:42
 0
पोखरामा पड्किएको बलुनमा ग्यास भर्ने भारतीय नागरिक पक्राउ

पोखरा ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा पड्किएको बलुनमा ग्यास भर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले बेलुनमा ग्यास भर्ने ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको हो ।

ग्यास भर्ने कमलेसलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

गत शनिवार पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बलुनमा आगोको झिल्कोले लागेर पड्किदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।

घाइते अर्थमन्त्री पौडेल डिस्चार्ज भैसकेका छन् । मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइराखेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register