प्याब्सन निर्वाचन : विभिन्न पदका लागि उम्मेदवारी दर्ता (नामावलीसहित)

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सकिएको छ । प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनु भन्दा अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यवस्था भएकाले मनोनयनको प्रक्रिया सकिएको हो । तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा कृष्ण प्रसाद अधिकारी र गाेपेन्द्र केसरी न्याैपानेले उम्मेदवारी दिएका छन् । यस्तै सह […]

Mar 6, 2025 - 07:28
 0
प्याब्सन निर्वाचन : विभिन्न पदका लागि उम्मेदवारी दर्ता (नामावलीसहित)

काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सकिएको छ ।

प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनु भन्दा अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यवस्था भएकाले मनोनयनको प्रक्रिया सकिएको हो ।

तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा कृष्ण प्रसाद अधिकारी र गाेपेन्द्र केसरी न्याैपानेले उम्मेदवारी दिएका छन् ।

यस्तै सह अध्यक्ष लागि गाेपाल प्रसाद आचार्य र टंक बहादुर भट्टराईले उम्मेदवारी दिएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षका दिपीका रिमाल थापा र नवराज महतले उम्मेदवारी दर्ता गराएका छन् ।

महासचिवमा आरबी कटुवाल र कोषाध्यक्षमा गणेश पोखरेल रहेका छन् । प्याब्सनको १६ औँ राष्ट्रिय महाअधिवेशन फागुन २६ र २७ गते दुई दिन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register