च्याम्पियन्स ट्रफी आजदेखि : उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्यान्ड आमने–सामने

काठमाडौं । पाकिस्तानमा आज (बुधबार)देखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्यान्ड आमने–सामने हुँदैछन् । खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे कराँचीस्थित राष्ट्रिय रङ्शालामा हुनेछ । पाकिस्तान जित निकाल्दै घरेलु भूमिमा भएको प्रतियोगिताको सुखद् सुरुवात गर्न चाहन्छ । उता न्युजिल्यान्ड पनि आयोजक टोलीलाई हराएर सनसनी मच्चाउन चाहन्छ […]

Feb 19, 2025 - 03:31
 0
च्याम्पियन्स ट्रफी आजदेखि : उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्यान्ड आमने–सामने

काठमाडौं । पाकिस्तानमा आज (बुधबार)देखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरु हुँदैछ ।

उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्यान्ड आमने–सामने हुँदैछन् । खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे कराँचीस्थित राष्ट्रिय रङ्शालामा हुनेछ ।

पाकिस्तान जित निकाल्दै घरेलु भूमिमा भएको प्रतियोगिताको सुखद् सुरुवात गर्न चाहन्छ । उता न्युजिल्यान्ड पनि आयोजक टोलीलाई हराएर सनसनी मच्चाउन चाहन्छ ।

आठ वर्षपछि हुन लागेको प्रतियोगितामा आठ टोली सहभागी छन् । यसलाई आईसीसीको ‘मिनी विश्वकप’ पनि भनिन्छ । किनकि यसमा एकदिवसीयमा शीर्ष आठमा पर्न सफल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

दुई समूहमा विभाजित आठ टोलीहरूमा साविक विजेता पाकिस्तानसहित भारत, अष्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, बङ्गलादेश र अफगानिस्तान छन् । पाकिस्तान साविक विजेतासमेत हो ।

समूह ‘ए’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड र बङ्गलादेश रहेका छन् भने समूह ‘बी’मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड र अफगानिस्तान रहेका छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

भारतले पाकिस्तानमा खेल्न नमानेपछि यूएईमा पनि प्रतियोगिताका खेल हुँदैछन् । विशेषगरी भारतका खेल त्यहाँ हुनेछन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register