क्रस कन्ट्री च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीको बिदाइ
काठमाडौं । दक्षिण एसियाली एथ्लेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले बुधबार टोलीलाई बिदाइ गरेका हुन् । च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामावाद जानेछ । फागुन ११ गते हुने प्रतियोगिताको सिनियरमा २ र जुनियरमा ३ गरी […]

काठमाडौं । दक्षिण एसियाली एथ्लेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले बुधबार टोलीलाई बिदाइ गरेका हुन् ।
च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामावाद जानेछ । फागुन ११ गते हुने प्रतियोगिताको सिनियरमा २ र जुनियरमा ३ गरी कुल ५ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
सिनियरमा सुशिलकुमार शाही र सञ्जय श्रेष्ठ छन् । जुनियरमा बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले भाग लिनेछन् ।
सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । नेपालले सिनियरमा व्यक्तिगत तथा जुनियरमा व्यक्तिगत र टिम इभेन्टमा सहभागिता जनाउने छ ।
प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल छन् ।
What's Your Reaction?






