रोनाल्डोको पोर्चुगल डेनमार्क र एमबाप्पेको फ्रान्स क्रोएसियासँग पराजित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा दुई पूर्वविजेता पोर्चुगल र फ्रान्स पराजित भएका छन् । शुक्रबार बिहान भएका क्वार्टरफाइनलको पहिलो लेगमा पोर्चुगल डेनमार्कसँग र फ्रान्स क्रोएसियासँग स्तब्ध बनेका हुन् । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल अन्डर डग टोली डेनमार्कसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु टोली डेनमार्कको जितमा अन्ते बुडिमिरले खेलको ७८औं निर्णायक […]

Mar 21, 2025 - 05:47
 0
रोनाल्डोको पोर्चुगल डेनमार्क र एमबाप्पेको फ्रान्स क्रोएसियासँग पराजित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा दुई पूर्वविजेता पोर्चुगल र फ्रान्स पराजित भएका छन् ।

शुक्रबार बिहान भएका क्वार्टरफाइनलको पहिलो लेगमा पोर्चुगल डेनमार्कसँग र फ्रान्स क्रोएसियासँग स्तब्ध बनेका हुन् ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल अन्डर डग टोली डेनमार्कसँग १–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु टोली डेनमार्कको जितमा अन्ते बुडिमिरले खेलको ७८औं निर्णायक गोल गरे ।

यस्तै अर्को खेलमा साविक उपविजेता क्रोएसियाले केलियन एम्बाप्पेको नेतृत्वमा रहेको फ्रान्सलाई २–० ले हरायो । अन्ते बुडिमिरले २६औं मिनेटमा नै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा इभान पेरेसिचले गोल थप्दै क्रोएसियाको जित सुनिश्चित गरे ।

अब पोर्चुगल र फ्रान्सले सेमिफाइनलमा पुग्न यही मार्च २४ मा घरेलु मैदानमा हुने दोस्रो लेगमा नतिजा उल्टाउनु पर्ने हुन्छ । यही नतिजा कायम रहे दुवै टोली बाहिरिने छन् ।

शुक्रबार बिहान नै भएको अर्को खेलमा जर्मनीले इटालीलाई हरायो भने नेदरल्यान्ड्स र स्पेनले बराबरी खेले ।

साविक विजेता स्पेनले १० खेलाडीमा सीमित नेदरल्यान्ड्ससँग हार टार्‍यो

 

इटाली घरेलु मैदानमा जर्मनीसँग पराजित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register